
काठमाडौं ।
मर्सिडीज आगामी दुई वर्षमा निकै व्यस्त हुने भएको छ। जर्मन लक्जरी ब्रान्डले १७ वटा इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारी साधन) र कम्बसन इन्जिन भएका १९ मोडल लन्च गर्ने लक्ष्य राखेको छ।
नयाँ मोडलहरूमा इलेक्ट्रिक सी–क्लास र ई–क्लास सेडान र सानो जी–क्लास समावेश हुनेछन्।
यस बाहेक, कम्पनीसँग धेरै विशेष सवारीको पनि योजना भएको हुन सक्ने उल्लेख गरिएको छ। सन् २०२५ को मध्यमा कम्पनीले सुपरकार सार्वजनिक गर्ने रिपोर्ट गरिएको छ।
रिपोर्टले अवधारणाको बारेमा खुलासा गर्दा मर्सिडीज–एएमजीले भने उत्पादन संस्करणमा संकेत गरिरहेको हुन सक्ने र “यसको लागि कामको पनि थालनी भइसकेको हुन सक्छ” टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार