एनभिडिया चिपको ठगीमा संलग्न भएको पाइएमा मलेसियाले आफ्नो देशका कम्पनीलाई कारबाही गर्ने

  • Technology Khabar | २१ फाल्गुन २०८१, बुधबार
एनभिडिया चिपको ठगीमा संलग्न भएको पाइएमा मलेसियाले आफ्नो देशका कम्पनीलाई कारबाही गर्ने

काठमाडौं ।

मलेसियाली कम्पनीहरू एनभिडिया चिप्सको सिङ्गापुरबाट चीनतर्फ भएको कथित स्थानान्तरणसँग जोडिएको ठगी प्रकरणमा संलग्न भएको पाइएमा मलेसियाले आवश्यक कदम उठाउने बताएको छ।

यो भनाइ सिङ्गापुरका कानून तथा गृह मामिला मन्त्री के. शनमुगमको सोमबारको भनाइपछि आएको हो। उनले ठगी प्रकरणमा संलग्न सर्भरहरूमा एनभिडियाको कृत्रिम बुद्धिमता चिप्स हुन सक्ने र ती चिप्स मलेसियामा पठाइएको हुनसक्ने बताएका थिए।

सीएनबीसीका अनुसार फेब्रुअरी २७ मा सिङ्गापुरले तीन जनालाई ठगीको अभियोग लगाएको थियो। स्थानीय प्रसारक सीएनएले यी घटनाहरू एनभिडिया चिप्सको कथित स्थानान्तरणसँग सम्बन्धित रहेको बुझिएको जनाएको छ।

“प्रश्न के हो भने मलेसिया अन्तिम गन्तव्य थियो वा मलेसियाबाट अन्यत्र गयो, जुन कुरा अहिले निश्चित छैन,” शनमुगमले पत्रकारहरूलाई भने।

मंगलबार सीएनबीसीको “स्क्वाक बक्स एसिया” कार्यक्रममा बोल्दै मलेसियाका लगानी, व्यापार तथा उद्योग मन्त्री टेङ्कु जाफरुल अजीजले मलेसियामा सञ्चालन हुने डाटा सेन्टर कम्पनीहरू उनीहरूले प्रयोग गर्नुपर्ने चिप्स प्रयोग गरिरहेका छैनन् भन्ने कुनै जानकारी नरहेको बताए।

उनले यस्ता सर्भरहरू माइक्रोसफ्ट, एडब्लुएस र गुगलजस्ता डाटा सेन्टर कम्पनीहरूले आयात गर्ने उल्लेख गरे।

सिङ्गापुरका शनमुगमले एनभिडियाको चिप्स डेल र सुपरमाइक्रोद्वारा आपूर्ति गरिएका सर्भरहरूमा जडान गरिएको र ती सर्भरहरू सिङ्गापुरस्थित कम्पनीहरूबाट मलेसियामा पुगेको बताएका थिए। साथै, उनले अन्तिम गन्तव्यबारे गलत विवरण दिएको हुनसक्ने बताए।

मलेसियालाई ती सर्भरहरू अहिले कहाँ छन् भन्ने थाहा छ कि छैन भन्ने प्रश्नमा जाफरुलले “हामीलाई थाहा छैन” भन्दै मलेसियाली अधिकारीहरू डाटा सेन्टर कम्पनीहरूसँग छलफल गरिरहेको र ती सही पक्षमा गएका छन् कि छैनन् भनी जाँच गरिरहेको बताए।

“हालसम्म मलेसियामा यस्ता कुनै घटना भएका छैनन्, र हामी छानबिन गरिरहेका छौँ। हामी सिङ्गापुरसँग छलफल गर्नेछौँ, र कम्पनीहरू सम्बन्धित निकायहरूसामु जवाफदेही हुनुपर्नेछ,” उनले थपे।

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • २१ फाल्गुन २०८१, बुधबार