मेसेन्जरले आफ्नो आइकोनिक ब्लू लोगो फिर्ता ल्यायो

  • Technology Khabar | २१ फाल्गुन २०८१, बुधबार
मेसेन्जरले आफ्नो आइकोनिक ब्लू लोगो फिर्ता ल्यायो

काठमाडौं ।

मेटाको मेसेजिङ एप मेसेन्जरले आधिकारिक रूपमा आफ्नो आइकोनिक ब्लू (प्रतिष्ठित नीलो) लोगोलाई पछिल्लो अपडेटमा पुनर्स्थापित गर्दै आफ्नो मौलिक लुकमा फर्काएको छ।

सन् २०२० को उत्तरार्धमा एपको डिजाइनमा गुलाबी, बैजनी र निलो रङहरूको मिश्रण अपनाउँदै – इन्स्टाग्रामको रङ्ग योजनाको सम्झना दिलाउने किसिमले ठूलो परिवर्तन गरिएको थियो।

हालको पुनः डिजाइन भने मेटाको प्लेटफर्महरू दृश्यात्मक रूपमा एकजुट गर्ने प्रयासको एक हिस्सा भएको बताइएको छ। यो परिवर्तन स्थायी हो वा ठूलो डिजाइन परिवर्तनको अंश हो भन्ने बारेमा भने अझै थाहा नभएको उल्लेख गरिएको छ।

मेसेन्जर प्रयोगकर्ताहरूले क्लासिक ब्लू (नीलो रङ्ग)को फीर्तिको साथ केही पुराना यादको आनन्द लिन सक्ने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...