सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

  • Technology Khabar | २० फाल्गुन २०८१, मंगलवार
सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

काठमाडौं ।

फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत कनेक्टिभिटीमा भएको प्रगति अन्वेषण गर्न उद्योगका नेता, नीति निर्माता र प्रविधि आविष्कारकहरूलाई एकसाथ ल्याउँदै सन् २०२५ मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लुसी) सोमबार देखि स्पेनमा सुरु भएको छ।

ग्लोबल सिस्टम फोर मोबाइल कम्युनिकेसन्स एसोसिएशन (जीएसएमए) द्वारा आयोजना गरिएको चार दिने कार्यक्रमको विषय ‘कन्भर्ज, कनेक्ट, क्रिएट’ रहेको छ, जसले मोबाइल र एआई–संचालित प्रविधिहरूको फ्युजनलाई जोड दिन्छ।

जीएसएमएका महानिर्देशक म्याट ग्रानरीडले ५जी विश्वव्यापी रूपमा द्रुत रूपमा अगाडि बढिरहेको छ। हालसम्म ५जी जडानहरू दुई अर्ब पुगेको उहाँ बताउनुभयो, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा छिटो बढिरहेको मोबाइल जेनेरेशन बनाएको छ। अहिले अवरोध हटाउने र विकासको गति बढाउने बेला आएको छ।

जीएसएमएले आफ्नो मोबाइल इकोनोमी रिपोर्ट सन् २०२५ पनि जारी गर्यो, जसले मोबाइल प्रविधि र सेवाहरूले सन् २०२४ मा विश्वव्यापी जीडीपी मा ५.८ प्रतिशत योगदान गर्ने देखाएको थियो। त्यो सङ्ख्या सन् २०३० सम्ममा ८.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

एमडब्लुसी सन् २०२५ ले दुई हजार ८०० भन्दा बढी प्रदर्शक र एक हजार २०० वक्ताहरूलाई आकर्षित गरेको छ, जसमा आयोजकहरूले एक लाख भन्दा बढी उपस्थित हुने अपेक्षा गरेका छन्।

चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम, ह्वावे, जेडटीई, लेनोभो र शाओमीलगायत ३०० भन्दा बढी चिनियाँ कम्पनीहरूले आफ्ना नयाँ आविष्कारहरू प्रदर्शन गरिरहेका छन्। रासस/सिन्ह्वा

प्रकाशित: २० फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...