Technology Khabar १८ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
ओप्पो फाइन्ड एक्स८ अल्ट्रा अप्रिलमा आउने अपेक्षा गरिएको छ भने त्यतिबेला आयोजना हुने कार्यक्रममा ट्याब्लेटको पनि अनावरण गरिने थाहा हुन आएको छ। डिजिटल च्याट स्टेशनका अनुसार कार्यक्रममा ओप्पो प्याड ४ प्रो देख्न पाइने बताइएको छ जुन स्न्यापड्रागन ८ एलिट चिपसेट भएको पहिलो ट्याब्लेट हुनेछ।
त्यसैगरी उक्त कार्यक्रममा ओप्पो फाइन्ड एक्स८ नेक्स्ट नाम दिइएको मिनी फोन पनि डेब्यु हुने लीकस्टरले थप उल्लेख गरेको छ।
आधिकारिक रूपमा अक्टोबरमा फाइन्ड एक्स८ सिरिजको अनावरणको क्रममा घोषणा गरिएको प्याड ३ प्रो आएको ६ महिनापछि यो नयाँ ट्याब्लेट आइपुग्ने भएको छ। त्यस समयमा, ट्याब्लेट नयाँ नामको साथ वानप्लस प्याड २ मात्र भएको थप उल्लेख गरिएको छ।
वानप्लस ब्रान्डहरूले मध्यम रेञ्जको वानप्लस प्याड ३ लाई ओप्पो प्याड ४ को रूपमा पुनः नामाकरण गर्नु तार्किक देखिन्छ भने सम्भावित रूपमा यसको प्रो संस्करणको लागि क्वालकम चिपसेटको विशेषता रहेको उल्लेख छ।
हालका लागि यी सबै अनुमान मात्र भएकाले यस चरणमा धेरै पक्षहरूमा स्पष्टता नभएको र थप जानकारी छिट्टै बाहिर आउने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार