
काठमाडौं ।
इटालियन प्रतिस्पर्धा नियामक (एजीसीएम) ले बीवाईडी, स्टेलान्टिस, टेस्ला र फक्सवागन विरुद्ध आफ्नो विद्युतीय सवारी साधनको पर्फमेन्सको सम्बन्धमा उपभोक्ताहरूलाई धोका दिएको आरोपमा अनुसन्धान सुरु गरेको छ।
रेञ्ज, ब्याट्री क्षमताको ह्रास र ब्याट्रीहरूको लागि स्ट्याण्डर्ड वारेन्टीको सीमितता जस्ता जानकारीसँग सम्बन्धित सम्भावित अनुचित व्यावसायिक अभ्यासहरूमा अनुसन्धान केन्द्रित भएको र यसले इटालियन कन्जुमर कोड (उपभोक्ता संहिताको उल्लङ्घन) गरेको हुन सक्ने बताइएको छ।
एजीसीएमको अनुसार, विज्ञापन गरिएको अधिकतम दूरीलाई असर गर्न सक्ने कारकहरू जस्तै मौसम अवस्था वा सडकको प्रकार जस्ता कारकहरूको स्पष्ट रूपमा उल्लेख नगरी यी निर्माताहरूको वेबसाइटहरूले विद्युतीय सवारीहरूको रेञ्ज सन्दर्भमा “सामान्य र कहिलेकाहीं विरोधाभासपूर्ण जानकारी” प्रदान गर्ने गरेको बताइएको छ।
वारेन्टी सर्तहरु र समयसँगै निम्तने ब्याट्री डिग्रेडेसन (ह्रास) को बारे विवरणको कमीको बारेमा पनि चिन्ता व्यक्त गरिएको छ।
स्टेलान्टिसले भने कम्पिटेन्ट (सक्षम) अधिकारीहरूसँग पूर्ण रूपमा सहयोग गरिरहेको र आवश्यक जवाफ, सूचना र कागजातहरू पेश गरिसकेको बताएको छ। त्यसैगरी बीवाईडी र फक्सवागनले अनुसन्धानमा टिप्पणी गर्न अस्वीकार गरेका छन् भने टेस्लाले पनि टिप्पणीको लागि अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएको छैन।
यी मामिलाहरूमा चलन अनुसार, एजीसीएमले गार्डिया डि फाइनान्जाको सहयोगमा, वित्तीय प्रहहीको विशेष इकाईले यी चार कार निर्माताहरूको इटालियन मुख्यालयमा निरीक्षण गरेको छ। इटालियन कानून अनुसार, उपभोक्ता अधिकारको उल्लङ्घनमा ५,००० देखि १० मिलियन यूरो सम्म जरिवाना हुन सक्ने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार