Technology Khabar १७ फाल्गुन २०८१, शनिबार

काठमाडौं ।
चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईओटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ ।
लङ मार्च–२सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो। यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड–२सी) पी पनि भनिन्छ ।
दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो। उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिवेई गाओजिङ–१ ०३ र सिवेई गाओजिङ–१ ०४ नामक भूउपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो।
यो लङ मार्च शृङ्खलाका रकेटहरूको ५६१औँ उडान अभियान थियो। रासस/सिन्ह्वा
प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार