क्वालकमले भारतमा आफ्नो पहिलो स्न्यापड्रागन एक्सपेरियन्स जोन सुरु गर्यो

  • Technology Khabar | १३ फाल्गुन २०८१, मंगलवार
क्वालकमले भारतमा आफ्नो पहिलो स्न्यापड्रागन एक्सपेरियन्स जोन सुरु गर्यो

काठमाडौं ।

क्वालकमले भारतमा आफ्नो पहिलो स्न्यापड्रागन एक्सपेरियन्स जोन सुरु गरेको छ। चिपमेकरले भारतमा आफ्नो स्न्यापड्रागन एक्सपेरियन्स जोन (अनुभव क्षेत्र) खोल्नको लागि भारतको अग्रणी रिटेल चेन क्रोमासँग साझेदारी गरेको छ।

जीएसएमएरिनाका अनुसार यो मुम्बईको जुहुमा क्रोमाको स्टोरमा अवस्थित छ र क्वालकमले भारतभरका क्रोमा स्टोरहरूमा थप स्न्यापड्रागन एक्सपेरियन्स जोन खोल्ने योजना बनाएको छ।

स्न्यापड्रागन एक्सपेरियन्स जोनमा क्वालकमले स्न्यापड्रागन प्लेटफर्महरूद्वारा स़ञ्चालित आफ्ना साझेदारहरूबाट डिभाइसहरू प्रदर्शन गर्नेछ। यसमा स्मार्टफोनहरू, पीसीहरू, वेयरेबल्स र हेरियबल्स समावेश रहेका छन्।

स्न्यापड्रागन एक्सपेरियन्स जोनमा ग्राहकहरूलाई अन–डिभाइस एआईको झलक प्राप्त गर्न र यसले तिनीहरूको अन–डिभाइस एक्सपेरियन्स (अनुभव) लाई कसरी रूपान्तरण गर्न सक्छ भन्ने अनुभव गर्न मद्दत गर्नको लागि प्रशिक्षित विशेषज्ञ कर्मचारीहरू पनि हुनेछन्।

अर्को स्न्यापड्रागन एक्सपेरियन्स जोन कहाँ खोलिनेछ भन्ने बारेमा भने क्वालकम र क्रोमा दुवैले खुलासा गरेको उल्लेख छ। त्यसैगरी क्वालकमले एशियाली देशमा नयाँ स्न्यापड्रागन एक्स–संचालित प्रोडक्टहरू घोषणा गर्न एसुस सँगको साझेदारीमा फेब्रुअरी २४ मा नयाँ दिल्ली, भारतमा एउटा कार्यक्रम आयोजना गर्दैछ।

यस बाहेक, भर्खरै घोषणा गरिएको स्न्यापड्रागन ६ जेन ४ एसओसीद्वारा सञ्चालित डिभाइसहरू प्राप्त गर्ने भारत पहिलो बजारहरू मध्ये एक हुने  जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार