स्टारलिङ्कको पहुँच कटौती भएको खण्डमा ‘विकल्प’ मा काम गर्दै किएभ

Technology Khabar १३ फाल्गुन २०८१, मंगलवार

काठमाडौं ।

युक्रेनी रक्षामन्त्री रुस्तेम उमेरोभले आइतबार संयुक्त राज्य अमेरिकाले पहुँच रोक्न सक्ने खबरहरू आएपछि अग्रपङ्क्तिको स्याटेलाइट सञ्चारका लागि अमेरिकी अपरेटर स्टारलिङ्कको विकल्पहरू खोजिरहेको बताएका छन्।

मिडिया रिपोर्टका अनुसार किएभले युक्रेनी महत्त्वपूर्ण स्रोतहरूमा वासिङ्टनलाई अधिकार दिने सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेमा वासिङ्टनले युक्रेनी सेनाका लागि महत्त्वपूर्ण सञ्चार नेटवर्कमा युक्रेनी पहुँचमा बाधा पुर्‍याउने धम्की दिएको छ।

“हामीले पहिले नै यसमा काम गरिरहेका छौँ। त्यहाँ विकल्पहरू छन्। त्यहाँ एउटा समाधान छ, त्यहाँ एउटा विकल्प छ”, उमरोभले किएभमा पत्रकार सम्मेलनमा भने।

युक्रेनले वासिङ्टनले तयार पारेको महत्त्वपूर्ण खनिज सम्झौताले किएभको हित सुनिश्चित गर्न असफल भएको र देशका लागि आवश्यक सुरक्षा ग्यारेन्टीको अभाव रहेको बताएको छ।

स्टारलिङ्कको मालिक डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकाले युक्रेनी पहुँच रोक्ने धम्की दिएको भन्ने रिपोर्टलाई अस्वीकार गर्दै सामाजिक सञ्जालमा लगाइएका आरोपहरूलाई ‘झुटो’ भनेको छ।-रासस/एएफपी

प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया