Technology Khabar १२ फाल्गुन २०८१, सोमबार
काठमाडौं ।
एप्पलले केहि दिन अघि मात्र बजेट आईफोनको रुपमा आईफोन १६ई लन्च गरेको छ र डिभाइसले अन्य आईफोनहरूमा रहेका क्वालकम मोडेमहरू प्रतिस्थापन गर्दै एप्पलले पहिलो स्व–विकसित फाइभजी मोडेम समावेश गरेको छ।
एप्पलले कथित रूपमा महत्त्वपूर्ण कनेक्टिभिटी चिपहरू इन–हाउस विकास गर्ने यो प्रवृतिलाई जारी राख्दै सम्पूर्ण आईफोन १७ परिवारमा एप्पलको पहिलो स्व–विकसित वाईफाई चिप समावेश गर्ने नयाँ रिपोर्टले दावी गरेको छ।
यसले अब एप्पलले हाल प्रयोग गर्ने ब्रोडकम चिपहरू प्रतिस्थापन गर्ने जानकारी एप्पल विश्लेषक मिङ–ची कुओबाट आएको हो। त्यसैगरी आईफोन १७ एयरले एप्पल वाई–फाई चिप मात्र नभई आईफोन १६ई मा डेब्यू गरेको एप्पल सी१ मोडेम पनि प्रयोग गर्ने उनले उल्लेख गरेका छन्।
आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सले एप्पलको वाईफाई चिपको साथ क्वालकम मोडेमहरू प्रयोग गर्ने उल्लेख छ। यो स्पष्ट रूपमा लागत घटाउने कम्पनीको कदम भएको बताइएको छ। लामो अवधिमा यस्ता चिप्सहरू इन–हाउस तवरले बनाउनमा लगानी गर्दा एप्पलले हाल क्वालकम र ब्रोडकमलाई तिर्दै आएको धेरै पैसा बचाउन सक्नेछ।
यो केवल पैसाको बारेमा मात्र नभएर इन–हाउस वाई–फाई चिपमा स्विच गर्नाले “एप्पल डिभाइसहरूमा कनेक्टिभिटी बढाउनेछ”, भन्ने तर्क कुओले व्यक्त गरेको एक रिपोर्टमा भनिएको छ।
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार