मस्कको स्याटेलाइट मार्फत अब आईफोन र एन्ड्रोइड फोनहरूबाट विश्वभर कल गर्न सकिने

Technology Khabar १२ फाल्गुन २०८१, सोमबार

काठमाडौं ।

इलन मस्कको स्टारलिङ्कले पहिले नै विश्वव्यापी स्तरमा इन्टरनेट पहुँचमा क्रान्तिकारी परिवर्तन गरिसकेको छ र अब यसले मोबाइल कनेक्टिभिटीलाई अर्को स्तरमा लैजाँदैछ।

नयाँ स्याटेलाइट सेवा मार्फत अब स्ट्याण्डर्ड आईफोन र एन्ड्रोइड फोनहरूले चाँडै नै नयाँ डिभाइसहरूको आवश्यकता बिना नै पृथ्वीको लगभग जुनसुकै ठाउँबाट कलहरू गर्न सक्षम हुनेछन्।

यो नवाचारले डेड जोनहरूलाई सदाको लागि हटाउन सक्ने सम्भावनाको उल्लेख गरिएको छ जसले परम्परागत सेल टावरहरू उपलब्ध नभएको दुर्गम पहाडहरू, खुला महासागरहरू र मरुभूमिहरू जस्ता ठाउँहरूमा प्रयोगकर्ताहरूलाई सम्पर्कमा रहन सहयोग गर्नेछ।

स्टारलिङ्कको स्याटेलाइट नेटवर्कको विस्तारसँगै ड्रप्ड कल्स र डेड जोनको दिन चाँडै समाप्त हुन सक्ने सम्भावनाको उल्लेख गरिएको छ।

कुनै विशेष उपकरण आवश्यक नपर्ने – केवल स्मार्टफोन भए पुग्ने

फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) को रिपोर्ट अनुसार स्टारलिङ्कले एप्पल, सामसङ र गुगललगायत लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमा आफ्नो सेवा परीक्षण गरिसकेको छ।

सहरहरू, ग्रामीण क्षेत्रहरू र पारम्परिक सञ्जालहरू असफल भएका ठाउँहरूबाट पनि स्पस्ट आवाजसहितको कलहरूको परिणामहरू प्राप्त भएका छन्।

आपतकालीन र दुर्गम क्षेत्रहरूको लागि ठूलो परिवर्तन

यो साहसीहरूका लागि अपग्रेड मात्र नभएर आपतकालीन प्रतिक्रियाकर्ताहरू र नेटवर्क कभरेज अविश्वसनीय भएको ग्रामीण समुदायका मानिसहरूका लागि जीवनरक्षक भएको उल्लेख गरिएको छ।

परम्परागत स्याटेलाइट सञ्चार प्रायः महँगो र सुस्त हुनुका साथै यसका लागि विशेष उपकरण चाहिने गर्दछ। तर स्टारलिङ्कबाट प्रयोगकर्ताहरूले जटिल सेटअपहरूको आवश्यकता बिना नै तिनीहरूका आफ्ना सामान्य एपहरू प्रयोग गरेर कल गर्न र सन्देशहरू पठाउन सक्षम हुनेछन्।

आपतकालीन अवस्थामा काम गर्नेहरूका लागि यसले छिटो प्रतिक्रिया र राम्रो सञ्चारको विकल्प प्रदान गर्नेछ। साथै यसले नेटवर्क कभरेजको बारेमा चिन्ता नगरी दुर्गम ठाउँहरूका कामदारहरू, किसानहरू र यात्रुहरूलाई सम्पर्कमा रहन सघाउनेछ।

स्टारलिङ्क स्याटेलाइट कल पछि के आउँछ?

स्टारलिङ्कले बजारमा यसको आफ्नो डाइरेक्ट–टू–सेल सेवा सुरु गर्ने अपेक्षा गरिएको छ। यो सेवाको मूल्य निर्धारणको विवरण भने अझै अज्ञात छ। साथै इलन मस्कको महत्वाकांक्षा भने साधारण भ्वाइस कलहरू भन्दा धेरै परसम्मको भएको बताइएको छ।

एफसीसीमा दायर गरिएका कागजातहरूका अनुसार, कम्पनीले यस अघिखेदि नै स्याटेलाइट इन्टरनेट ब्राउजिङ, आईओटी कनेक्टिभिटी र उच्च–गति डाटा सेवाहरूको परीक्षण गरिरहेको छ।

यसले इन्टरनेट पहुँच पूर्वाधारद्वारा सीमित रहेका विकासोन्मुख देशहरूमा ठूलो प्रभाव पार्न सक्छ। यसले ड्रप्ड कलहरू हटाउँदै विश्वभर निर्बाध मोबाइल सेवा पनि सक्षम गर्न सक्छ।

डेड जोन बिनाको भविष्य

द्रुत फाइभजी नेटवर्कहरू भएका ठूला शहरहरूमा बस्नेहरूका लागि, स्टारलिङ्कको डाइरेक्ट–टू–सेल सेवा अगाडि बढ्ने ठूलो कदम जस्तो नलाग्न सक्ला।

तर अझै अपर्याप्त कभरेजसँग संघर्ष गर्ने अरबौं मानिसहरूको लागि भने यो प्रविधि एउटा प्रमुख साधन हुनसक्ने छ।

स्टारलिङ्क स्याटेलाइटहरुले पृथ्वीको परिक्रमा गर्दै गर्दा डेड जोनहरू बिनाको संसारको इलन मस्कको दर्शन अब वास्तविकतामा परिणत हुँदैछ। चाहे तपाईं पहाडहरूमा पैदल यात्रा गर्दै हुनुहुन्छ, प्रशान्त महासागर पार गर्दै हुनुहुन्छ, वा दुर्गम गाउँमा बस्दै हुनुहुन्छ, स्टारलिङ्क स्याटेलाइट्सद्वारा सञ्चालित मोबाइल सेवाले विश्वव्यापी सञ्चारको भविष्य परिवर्तन गर्न सक्ने सम्भावना छ।

ठूला एन्टेना र महँगो सदस्यताहरू चाहिने परम्परागत स्याटेलाइट फोनहरूको विपरीत स्टारलिङ्कको डाइरेक्ट–टू–सेल सेवाले कुनै पनि एलटीई–सक्षम स्मार्टफोनमा काम गर्नेछ।

यदि तपाईंको फोनले फोरजी नेटवर्कमा काम गर्न सक्छ भने यसले निकट भविष्यमै कल, सन्देश र डाटा पहुँचका लागि स्टारलिङ्क स्याटेलाइट्स उपग्रहहरूसँग सिधै जोडिन सक्षम हुने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया