Technology Khabar १२ फाल्गुन २०८१, सोमबार
काठमाडौं ।
ओपनएआईले चीन र उत्तर कोरियाका केही प्रयोगकर्ताहरूको खाता हटाएको शुक्रबार घोषणा गरेको छ। कम्पनीका अनुसार ती प्रयोगकर्ताहरू ओपनएआईको प्रविधि दुरुपयोग गरी निगरानी तथा जनमत प्रभावित गर्ने गतिविधिमा संलग्न थिए।
ओपनएआईले आफ्नो रिपोर्टमा उल्लेख गरेअनुसार यस्ता गतिविधिहरू अधिनायकवादी सरकारहरूले अमेरिका र आफ्नै नागरिकविरुद्ध एआईको उपयोग गर्न सक्ने तरिका हुन्। यस्ता अभियान पत्ता लगाउन ओपनएआईले आफ्नै एआई उपकरण प्रयोग गरेको जनाएको छ।
कति खाताहरू प्रतिबन्धित भए वा यो कारबाही कुन अवधिमा भएको हो भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन।
एउटा घटनामा, प्रयोगकर्ताहरूले च्याटजीपीटीमार्फत स्पेनी भाषामा समाचार लेख्न लगाई अमेरिकी छविलाई कमजोर पार्ने सामग्री तयार गरेका थिए। ती लेखहरू ल्याटिन अमेरिकी मूलधारका समाचार संस्थाहरूमा एउटा चिनियाँ कम्पनीको नाममा प्रकाशित गरिएका थिए।
अर्को घटनामा, उत्तर कोरियासँग सम्बन्धित ह्याकरहरूले पश्चिमी कम्पनीहरूमा नक्कली रोजगार आवेदनहरू बुझाउने उद्देश्यले एआई प्रयोग गरी बनावटी बायोडाटा र अनलाइन प्रोफाइलहरू सिर्जना गरेका ।रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार