नेपाली बजारमा एचएमडी ब्राण्डको पहिलो स्मार्टफोन ‘क्रेस्ट फाइभजी’ सार्वजनिक

Technology Khabar ११ फाल्गुन २०८१, आईतवार

काठमाडौं ।

नेपालमा नोकिया तथा एचएमडी ब्राण्डको आधिकारिक बिक्रेता टेलिटक प्रालिले एचएमडी क्रेस्ट फाइभजी (HMD Crest 5G) स्मार्टफोन सार्वजनिक गरेको छ।

स्पस्ट डिटेल तथा तुरुन्तै शेयर गर्न सकिने नतिजायुक्त फोटो खिच्न सक्ने ५० मेगापिक्सेलको प्रभावशाली सेल्फी क्यामरायुक्त एचएमडी क्रेस्ट फाइभजीले स्मार्टफोन फोटोग्राफीमा नयाँ मानक स्थापित गर्ने दाबी गरिएको छ।

कम्पनीकाअनुसार, प्रयोगकर्ताको अद्वितीय विशेषताहरुलाई प्रतिनिधित्व गर्ने, प्राकृतिक देखिने सेल्फी खिच्न सक्षम बनाउने हेतुले अप्ठेरा सेल्फी क्षणहरुका लागि हातको इशाराले चलाउन मिल्ने ह्याण्ड्स फ्री सेल्फी तथा टोन कन्ट्रोल र ब्युटिफाईजस्ता फिचरसहित सेल्फी क्यामराको सफ्टवेयर अनुभवलाई विशेष किसिमले उन्नत बनाइएको छ।

यसबाहेक, आफैंले खिच्ने पोट्र्रेट फोटोलाई अति आकर्षक बनाउन यो स्मार्टफोनमा स्लो मोशन मोड तथा एआई सुपर पोट्र्रेट मोड समावेश गरिएको छ।

एक्शन शटहरुका लागि यसमा भएको फ्ल्याश शटले चलायमान वस्तुहरुको फोटो सहजरुपमा लिन तथा ट्राइपड मोडले लामो एक्सपोजर आवश्यक पर्ने दृश्यहरुको मनमोहक फोटोग्राफीका लागि सघाउँछन्।

एचएमडी क्रेस्ट फाइभजीका मुख्य विशेषताहरु:

इमेज क्रियटर/फोटो सर्जकहरुका लागि: हरेक क्षणलाई आकर्षक डिटेलसहित कैद गर्ने निश्चिन्तताका लागि एचएमडी क्रेस्टमा यो सेगमेन्टकै पहिलो ५० मेगापिक्सेलको सेल्फी क्यामेरा तथा पछाडिपट्टि ५० मेगापिक्सेलकै डुअल एआई क्यामरा राखिएको छ।

चम्किलो डिस्प्ले: यसमा ६.६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले प्रयोग भएको छ जसले प्रयोगकर्तालाई आफैं सहभागी भए झैं गरी मनोरञ्जन तथा सामाजिक सञ्जालको अनुभव प्रदान गर्दछ।

लामो समय टिक्ने ब्याट्री पावर: डिभाइसको निरन्तर र अविच्छिन्न प्रयोगको सुनिश्चितताका लागि यसमा ८०० चार्जिङ साइकल तथा ३३ वाटको फास्ट चार्जिङ सुविधासहितको ५००० एमएएच ब्याट्री समावेश गरिएको छ।

पर्याप्त स्टोरेज र मेमोरी: एप्लिकेशन, फोटो तथा मिडिया भण्डारणका लागि पर्याप्त स्थान प्रदान गर्न १२८ जीबीको स्टोरेज तथा ६जीबी फिक्स्ड र ६ जीबी भर्चुअल गरी १२ जीबी र्याम उपलब्ध छ।

शक्तिशाली कार्यसम्पादन: बाधारहित प्रदर्शन तथा प्रभावकारिताका लागि ५१००००ं अन्टुटु स्कोरसहितको युनिसोक टी७६० फाइभजी नामको ६एनएममा निर्मित अक्टाकोर प्रोसेसर समावेश छ।

साथै, एचएमडी क्रेस्टमा रिपेयरेबिलिटी १.० राखिएको छ जसका कारण प्रयोगकर्ताले ब्याक प्यानल, ब्याट्री, डिस्प्ले तथा चार्जिङ पोर्ट आफैंले सजिलै परिवर्तन गर्न सक्ने उल्लेख छ।

एशिया प्रशान्त तथा भारतका लागि एचएचमडीका उपाध्यक्ष रवि कुँवर भने, “‘एचएमडी क्रेस्टको अनावरणसँगै हामी हाम्रो पहिलो स्मार्टफोन सार्वजनिक मात्रै गर्दै छैनौं बरु सिर्जनशीलता, दिगोपन तथा यूजर एक्सपेरियन्सलाई प्राथमिकता दिने नवीन मोबाइल प्रविधिको युगतर्फ लम्कँदैछौं। एचएमडी क्रेस्ट विश्वभरका हाम्रा स्टाइल-पारखी प्रयोगकर्ताहरुलाई नवीन तथा अभिव्यक्तिमूलक मोबाइल अनुभव प्रदान गर्ने हाम्रो योजनाको विशेष क्षणका रुपमा रहेको छ। यो अनावरणले अत्याधुनिक प्रविधिभन्दा धेरै माथिको अर्थ राख्छ, यो उच्च नतिजायुक्त, समयसापेक्ष डिजाइन तथा दिगोपनासहितको डिभाइस खोज्ने आजको जेन-जी पुस्ताको मूल्यमान्यतासँग समायोजन हुनेबारे हो।”

एचएमडी क्रेस्ट मिडनाइट ब्लू रंगमा रु. १८,९९९ बजार मूल्यमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यसका साथै यो वर्ष उपभोक्ताले नोकिया फोन तथा नयाँ साझेदारीहरुसहित एचएमडीका मौलिक मोबाइल डिभाइसहरुको नयाँ पोर्टफोलियोको अपेक्षा गर्न सक्ने बताइएको छ।

प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार

तपाइको प्रतिक्रिया