सात महिनामा नेपालमा १४ अर्ब ७५ करोडमाथिको विद्युतीय चारपाङ्रे सवारी आयात

  • Technology Khabar | ११ फाल्गुन २०८१, आईतवार

काठमाडौं ।

माघ महिनासम्ममा नेपालमा १४ अर्ब ७५ करोड रुपैयाँ हाराहारीको ६ हजार २५६ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को सातौं महिना माघसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ रहेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, कोरिया र अमेरिका गरी विश्वका पाँच देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म१२६८२, ३५, ०३, ९७, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म८९११, ५३, ०४, ८८, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म२९२२७, ५३, १८, ०००००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म५६८१, १६, ३८, ४८, ०००
कार, जीप र भ्यानदक्षिण कोरिया५१ देखि १०० किलोवाटसम्म४५, ८९, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म५७०१, ९२, ८४ ,३७, ०००
कार, जीप र भ्यानसं. रा. अमेरिका१०१ देखि २०० किलोवाटसम्म४१, १४, ०००
कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म१७१, १५, ७८, ३०००
कार, जीप र भ्यानदक्षिण कोरिया१०१ देखि २०० किलोवाटसम्म १, ५७, ८८, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म४, ५०, ४३, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी२०१ देखि ३०० किलोवाटसम्म२, ६२, ५५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका२०१ देखि ३०० किलोवाटसम्म४७,९१,०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन ३०० किलोवाटदेखि माथि८३, २३, ०००

प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार

तपाइको प्रतिक्रिया