
काठमाडौं ।
टेक जायन्ट एप्पलले आफ्नो एप स्टोरलाई सुधार गर्न ठूलो कदम चालेको छ। पछिल्ला केही दिनमा, कम्पनीले एप स्टोरमा १ लाख ३५ हजार भन्दा बढी एपहरूलाई प्रतिबन्धित गरिसकेको छ। यी एप्सका विकासकर्ताहरूले व्यापारीक जानकारी प्रदान गर्न असफल भएका थिए।
पछिल्ला केही वर्षहरूमा, एपहरूको लोकप्रियता बढ्दै जाँदा, तिनीहरू मार्फत हुने ठगीका घटनाहरू पनि बढेका छन्। सोही विषयलाई ध्यानमा राखेर कम्पनीले एप्समा कडाई गरेको हो।
टेकक्रन्चको रिपोर्ट अनुसार, एप्पलले आफ्नो वेबसाइटमा युरोपेली संघ (ईयू) मा व्यापारीक जानकारी बिनाका एपहरू एप स्टोरबाट हटाइएको बताएको छ। यी एपहरूले उपभोक्ताहरूलाई आफ्नो ठेगाना, फोन नम्बर र इमेलको बारेमा जानकारी दिइरहेका थिएनन्। नयाँ ईयू नियमहरू अन्तर्गत, एप विकासकर्ताहरूले आफ्नो ‘व्यापारीक स्थिति’ को बारेमा जानकारी प्रदान गर्नु अनिवार्य छ।
यसअघि एप्पलले एप डेभलपरहरूलाई चेतावनी दिएको थियो कि यदि उनीहरूले फेब्रुअरी १७ सम्ममा ट्रेडर स्टेटस जानकारी प्रदान गरेनन् भने, उनीहरूलाई एप स्टोरबाट प्रतिबन्ध लगाइनेछ। यसपछि कम्पनीले यो कारबाही सुरु गरेको हो।
एप्पलले व्यापारीको सम्पर्क जानकारीमा ठेगाना, फोन नम्बर र इमेल ठेगाना समावेश भएको हुनुपर्ने बताएको छ, जुन व्यापारीहरूले एप स्टोर उत्पादन पृष्ठहरूमा पोस्ट गर्न एप्पललाई प्रदान गर्नुपर्नेछ। यसलाई प्रमाणित गरेपछि, कम्पनीले यो जानकारी एप्स डेभलपरहरुको व्यापारीक एपमा प्रकाशित गर्दछ।
प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार