इयुको प्रविधि क्षेत्रको विकासमा जर्मनीको महत्त्वपूर्ण सहायता

  • Technology Khabar | १० फाल्गुन २०८१, शनिबार
इयुको प्रविधि क्षेत्रको विकासमा  जर्मनीको महत्त्वपूर्ण सहायता
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

युरोपेली आयोगले बिहीबार ड्रेसडेनमा नयाँ ‘इन्फिनोन सेमीकन्डक्टर’ उत्पादन कारखाना निर्माण गर्न ९० करोड यूरो रकम बराबरको जर्मन सहायतालाई अनुमोदन गरेको छ।

“यो नयाँ निर्माण प्लान्टले युरोपेली सङ्घ (इयु) को उत्पादन क्षमतामा वृद्धि ल्याउनेछ। यसले सेमीकन्डक्टर प्रविधिमा आपूर्ति र प्राविधिक स्वायत्तताको युरोपको सुरक्षालाई सुदृढ पार्नेछ,” आयोगको एक विज्ञप्तिमार्फत उल्लेख गरिएको छ।

नयाँ प्लान्टको कुल लगानी ३.५ अर्ब यूरो लाग्नेछ।

प्लान्टले इलेक्ट्रोनिक प्रणालीको नियन्त्रणका लागि एनालग र डिजिटल प्रविधिबीचको खाडललाई पूरा गर्न आवश्यक एकीकृत सर्किटहरू उत्पादन गर्नेछ।

उक्त अर्धचालक प्रविधि औद्योगिक, मोटर वाहन र उपभोक्ता अनुप्रयोगहरूमा प्रयोग गरिनेछ।

भर्खरैका अध्ययनहरूले युरोप अर्धचालकसहित लगभग सबै महत्वपूर्ण प्रविधिहरूमा चीन र संयुक्त राज्य अमेरिका भन्दा पछाडि रहेको देखाएको छ। आगामी वर्षहरूमा यो खाडल बन्द हुने आशा इयुले गरेको छ। रासस/सिन्ह्वा

प्रकाशित: १० फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...