वातावरण क्षेत्रमा चीनको नयाँ कदम: नवप्रवर्तन प्रवर्द्धन गर्दै

  • Technology Khabar | १० फाल्गुन २०८१, शनिबार
वातावरण क्षेत्रमा चीनको नयाँ कदम: नवप्रवर्तन प्रवर्द्धन गर्दै

काठमाडौं ।

चिनियाँ इकोलोजी तथा वातावरण मन्त्रालय र अन्य सरकारी निकायहरूद्वारा जारी दिशानिर्देशअनुसार चीनले हरित, सुन्दर चीन निर्माण गर्ने प्रयासको रूपमा पर्यावरण तथा वातावरण क्षेत्रमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूलाई बलियो बनाउने वाचा गरेको छ।

सन् २०३५ सम्म प्रविधि र उच्च–स्तर विज्ञान–प्रविधि प्रतिभाको सुधार सङ्ग क्षेत्रको नवीनता प्रणालीको समग्र दक्षता उल्लेखनीय रूपमा बढाइनेछ। दिशानिर्देश अनुसार चीनले यस क्षेत्रको वैज्ञानिक र प्राविधिक प्रणालीको सुधारलाई गहिरो बनाउने र देशको पारिस्थितिक तथा वातावरणीय शासन क्षमतालाई थप सुधार गर्ने छ।

यसले आविष्कारको लागि खुला र समावेशी वातावरण सिर्जना गर्नेछ। साथै, आधारभूत अनुसन्धान, प्रमुख प्राविधिक सफलता, वैज्ञानिक र प्राविधिक उपलब्धिको रूपान्तरण र स्थानान्तरणमा सुधार गर्ने योजनाहरू लागू गर्नेछ।

यी योजनाहरुको कार्यान्वयन सुनिश्चित गर्न आर्थिक सहयोग र खुला सहकार्यलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ।-रासस/सिन्ह्वा

प्रकाशित: १० फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार