एक्स प्लेटफर्मका लागि कोष जम्मा गर्दै इलन मस्क, मूल्याङ्कन ४४ अर्ब डलर

Technology Khabar ७ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

ईलन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्स लगानीकर्ताहरूबाट रकम उठाउने वार्तामा रहेको छ, जसको मूल्यांकन ४४ अर्ब डलर गरिएको छ। यसबारेमा ब्लूमबर्ग न्युजले बुधबार रिपोर्ट गरेको हो। मस्कले २०२२ मा एक्स (पहिलेको ट्विटर) यही मूल्यमा खरिद गरेका थिए।

रिपोर्टअनुसार नयाँ वित्तीय चरणका लागि वार्ता अझै जारी छ र विवरणहरू परिवर्तन हुन सक्छन्। कम्पनीले यो वार्ता छोड्न पनि सक्ने बताइएको छ। एक्सले यसबारे रोयटर्सको टिप्पणी अनुरोधलाई तत्काल प्रतिक्रिया नदिएको बताइएको छ।

गत महिना रोयटर्सले मोर्गन स्ट्यान्ली,  ब्याङ्क अफ अमेरिका र बार्क्लेजले एक्समा रहेको ३ अर्ब डलरसम्मको ऋण स्वामित्व बेच्न तयारी गरिरहेको रिपोर्ट गरेको थियो।

प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया