पाकिस्तान डिजिटल युगतर्फ अग्रसर : मन्त्री

  • Technology Khabar | ७ फाल्गुन २०८१, बुधबार
पाकिस्तान डिजिटल युगतर्फ अग्रसर : मन्त्री

काठमाडौं ।

पाकिस्तानको योजना तथा विकास मन्त्री अहसान इकबालले देश ५जी प्रविधि अपनाउन पूर्ण रूपमा तयार रहेको बताएका छन्। यसले देशको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने ठूलो सम्भावना छ।

एक सेमिनारलाई सम्बोधन गर्दै मन्त्रीले भने,“हामी हाइपर–कनेक्टेड युगमा प्रवेश गर्यो। यो औद्योगिक रूपान्तरण र आर्थिक वृद्धिको लागि उत्प्रेरक हो। साथै पाकिस्तानको भविष्यलाई पुनः आकार दिने अवसर हो।”

“पाकिस्तान डिजिटल पूर्वाधार निर्माण गर्न तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरू अपनाउन प्रतिबद्ध छ। सरकारले देशमा नयाँ प्रविधि र डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्न प्रयास गरिरहेको छ।”

“ई–पाकिस्तान हाम्रो राष्ट्रिय डिजिटल रणनीतिको एक हिस्सा हो। हामी ई–सेवाहरू विस्तार गर्न र एक स्मार्ट पाकिस्तान सिर्जना गर्न काम गरिरहेका छौं, जहाँ प्रविधि सार्वजनिक सेवा वितरण र आर्थिक वृद्धिको आधार बन्छ,” उनले बताए।

पाकिस्तानमा जनसङ्ख्याको ६० प्रतिशत ३० वर्ष भन्दा कम उमेरको छ।

मन्त्रीले कृषि र स्वास्थ्य क्षेत्रको सुधारमा ५जी प्रविधिको भूमिका रहेको बताउँदै यसले कुनै पनि क्षेत्र पछाडि नछाड्ने गरी दूर शिक्षा, वित्तीय समावेशीकरण र इ–कमर्स विस्तारलाई समेत सक्षम बनाउने बताए।  रासस/सिन्ह्वा

प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...