इलन मस्कको स्टारलिंकले भूउपग्रह इन्टरनेट सेवा प्रदान गर्न सक्नेगरी नयाँ नियम अपनाउँदै भियतनाम

  • Technology Khabar | ७ फाल्गुन २०८१, बुधबार
इलन मस्कको स्टारलिंकले भूउपग्रह इन्टरनेट सेवा प्रदान गर्न सक्नेगरी नयाँ नियम अपनाउँदै भियतनाम

काठमाडौं ।

भियतनामले ईलन मस्कको स्टारलिंकले देशमा उपग्रह इन्टरनेट सेवा प्रदान गर्न सक्नेगरी नयाँ नियम अपनाउने योजना बनाएको छ। तर यसका लागि कुनै पनि स्थानीय सहायक कम्पनीमा पूर्ण स्वामित्व कायम राख्नुपर्ने नियमावलीको मस्यौदाले देखाएको छ।

सरकारका एक अधिकारीका अनुसार, यस परिवर्तनले भियतनाममा स्टारलिंक सेवा सुरु गर्ने बाटो खोल्नेछ र यो यसको अभिभावक कम्पनी स्पेसएक्ससँग लामो समयदेखिको वार्तापछि आएको निर्णय हो।

यो अचानक भएको नीतिगत परिवर्तन हो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट भइरहेको महसुल सम्बन्धी धम्कीबीच स्पेसएक्ससँग राम्रो सम्बन्ध राख्न गरिएको प्रयासको रूपमा हेरिएको छलफलमा संलग्न एक व्यक्तिले बताएका छन्।

“यदि ट्रम्प प्रशासनले लेनदेन-आधारित कूटनीति चाहेको हो भने भियतनाम त्यस खेल खेल्न तयार रहेको संकेत दिन खोजेको हो,” ती व्यक्तिले बताएका छन्।

रोयटर्सका अनुसार स्पेसएक्सले भियतनाममा प्रवेश गर्ने प्रयास गरेको थियो, तर २०२३ को अन्त्यतिर यो प्रक्रिया रोकिएको थियो। कम्युनिस्ट शासित भियतनामले विदेशी स्वामित्वमा आधारित उपग्रह इन्टरनेट प्रदायकलाई अनुमति दिन अस्वीकार गरेपछि मस्कले प्रवेशको शर्तस्वरूप उक्त नीति परिवर्तनको माग गरेका थिए।

बुधबार विशेष सत्रमा संसदले पारित गर्ने अपेक्षा गरिएको नियमावलीअनुसार, कम कक्षामा आधारित उपग्रह नेटवर्क भएका इन्टरनेट प्रदायकहरूलाई पूर्ण विदेशी स्वामित्वको अनुमति दिइनेछ। यो कार्यक्रम २०३० को अन्त्यसम्म परीक्षण रूपमा सञ्चालन हुनेछ।

१२ पृष्ठ लामो उक्त प्रस्तावले “वैज्ञानिक, प्रविधि र नवीन गतिविधिहरूमा रहेका बाधा हटाउने” उद्देश्य राखेको छ। परीक्षण कार्यक्रमअन्तर्गत प्रस्ताव गरिएका परियोजनाहरूलाई भियतनामका प्रधानमन्त्रीको अनुमोदन आवश्यक पर्नेछ।

स्पेसएक्स भियतनामको सूचना मन्त्रालयले टिप्पणी गर्न अस्वीकार गरेका छन्।

स्पेसएक्सले भियतनाममा आफ्ना आपूर्तिकर्ता सञ्जाल विस्तार गरिरहेको छ। भियतनामी सरकारले कम्पनीले देशमा १.५ अर्ब डलर लगानी गर्न चाहेको बताएको छ।

प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...