सामसङ इलेक्ट्रोनिक्सद्वारा चिप व्यवसाय प्रमुखलाई बोर्ड सदस्यमा नियुक्ति

Technology Khabar ७ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले मंगलबार आफ्ना चिप व्यवसाय प्रमुख जुन यङ-ह्युन र प्रमुख प्रविधि अधिकारी सोङ जाई-ह्युकलाई बोर्ड सदस्यको रूपमा मनोनीत गरेको छ। प्रविधि कम्पनीले संघर्षरत सेमिकण्डक्टर व्यवसायको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ।

दक्षिण कोरियाली कम्पनीले नियामक फाइलिङमा सियोल नेशनल युनिभर्सिटीका प्राध्यापक ली ह्युक-जे लाई बाह्य निर्देशकको रूपमा मनोनीत गरेको जनाएको छ। ली एक अर्धचालक विज्ञ हुन् र सियोल नेशनल युनिभर्सिटीको अर्धचालक अनुसन्धान केन्द्रका प्रमुख भएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया