एप्पलले सिरी एआईको लन्चलाई अर्को महिना सम्म स्थगित गर्नेछः गर्मन

Technology Khabar ७ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

एप्पलले सिरीलाई आफ्नै एआईसँग जोड्ने अपेक्षा गरिएको छ। ब्लूमबर्गका मार्क गर्मनले आफ्नो पछिल्लो पावर अन न्यूजलेटरमा यो तालिकाभन्दा पछि परेको छ भनि उल्लेख गरेका छन्। सिरीको ओभरहालमा इन्जिनियरिङ समस्या रहेको र स्मार्ट फिचरले निरन्तर काम गरिरहेको छैन भनि उनले बताएका छन्।

सुरुमा अपडेट आईओएस १८.४ को साथ अप्रिलमा आइपुग्ने तालिका रहेको थियो भने अब यो सिरीको एप्पल इन्टेलिजेन्स सुविधाहरू आईओएस १८.५ सँग मेमहिनामा आउने सम्भावनाको उल्लेख गरिएको छ।

त्यसैगरी गर्मनले सिरीको मेकओभर एप्पल इन्टेलिजेन्सको प्लेटफर्मको केन्द्रबिन्दु भएको थप उल्लेख गरेका छन्। यद्यपि, सफ्टवेयर चरणहरूमा जारी गरिएको र यो अझै पनि युरोप र चीन जस्ता प्रमुख बजारहरूबाट हराइरहेको उल्लेख गरिएको छ।

यो नयाँ कदम एप्पलको लागि ओपनएआईको च्याटजीपीटी, गुगलको जेमिनी र मेटाको एललामासँग प्रतिस्पर्धा गर्ने प्रयास भएको बताइएको छ। कम्पनी समयसीमा पूरा गर्न आन्तरिक रूपमा संघर्ष गरिरहेको बताइएको छ जसले भविष्यका अपडेटहरूलाई असर गर्न सक्ने र केही आईओएस १९ सुविधाहरूलाई सन् २०२६ मा धकेल्ने उल्लेख गरिएको छ।

एप्पल इन्टेलिजेन्सले प्रश्नहरूको राम्रो जवाफ दिनको लागि सिरीलाई तपाइँको डाटामा ट्याप गर्न दिने अपेक्षा गरिएको छ र यो एउटा नयाँ प्रणालीले एसिस्टेन्टलाई अझ सटीक रूपमा एपहरू नियन्त्रण गर्न र स्क्रिनमा के भइरहेको छ भनेर बुझ्न सक्ने क्षमता दिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया