
काठमाडौं ।
कर्णाली प्रदेशअन्तरगत जाजरकोट जिल्लाको नलगाड नगरपालिका-१०, ध्यारगाँउमा नेपाल टेलिकमले फोरजी तथा टूजी सेवा फागुन ५ गतेबाट सञ्चालनमा ल्याएको छ।
फोरजी सेवा सञ्चालनमा आए पश्चात् नलगाड नगरपालिका अन्तर्गतका वडा नं ९, १० र ११ का वडा कार्यालय क्षेत्र तथा रावतगाँउ, ध्यारगाँउ, चौखा, बानियाँगाँउ, दम्का, रजिका लगायतका अधिकांश क्षेत्रहरूमा सेवाग्राहीहरूले पहिलो पटक ४जी तथा २जी सेवाबाट लाभान्वित भएका छन्।
नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुराउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै सेवा बिस्तार गरिरहेको जनाएको छ।
प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार