च्याटजीपीटी ४ओ ‘वेबमा उपलब्ध सबैभन्दा राम्रो सर्च प्रोडक्ट’ भएको साम अल्टम्यानको भनाइ

  • Technology Khabar | ६ फाल्गुन २०८१, मंगलवार
च्याटजीपीटी ४ओ ‘वेबमा उपलब्ध सबैभन्दा राम्रो सर्च प्रोडक्ट’ भएको साम अल्टम्यानको भनाइ

काठमाडौं ।

ओपनएआईका सीईओ साम अल्टम्यानले कम्पनीको पछिल्लो अपडेटले च्याटजीपीटी ४ओ लाई “वेबमा उपलब्ध भएका सर्च प्रोडक्ट मध्ये सबैभन्दा उत्कृष्ट” बनाएको बताएका छन्।

च्याटजीपीटी ४ओ “धेरै राम्रो” छ र “छिट्टै धेरै राम्रो हुनेछ” भनि अल्टम्यानले शनिबार एक्समा एक पोस्टमा बताएको टेलिग्राफले रिपोर्ट गर्दछ।

अल्टम्यानले जनवरी २९ मा कम्पनीले वर्णन गरेको वा नयाँ च्याटजीपीटी ४ओ अपडेटलाई उल्लेख गरिरहेका थिए भन्ने बारेमा भने स्पष्टता नभएको उल्लेख गरिएको छ।

सर्च (खोज) मा केन्द्रित आर्टिफिशियल इन्टेलिजेन्स स्टार्टअप पर्प्लेक्सिटीका संस्थापक र सीईओ अरविन्द श्रीनिवाससँगको प्रतिक्रिया आदानप्रदानको क्रममा जीपीटी ४ओ को सर्च क्षमताहरूको बारेमा अल्टम्यानको टिप्पणीहरू आएका थिए।

ओपनएआईमा पहिले काम गरेका श्रीनिवासले जीपीटी ४ओ को अपडेटको बारेमा अल्टम्यानको पोस्टमा प्रतिक्रिया दिँदै “एक्स क्युज मी (माफ गर्नुहोस्), अपडेट के छ?” भनेका थिए।

अल्टम्यानले “अन्य धेरै चीजहरू मध्ये यो उत्तम वेब सर्च प्रोडक्ट हो” भनि जवाफ दिएको र श्रीनिवासलाई “चेक इट आउट” भन्ने सुझाव दिएको उल्लेख गरिएको छ।

एभरकोर आईएसआईको अनुसन्धान अनुसार च्याटजीपीटीको सर्च बजार हिस्सा सन् २०२४ को जुनदेखि नोभेम्बर महिनासम्म बढेको उल्लेख गरिएको छ भने लाभदायक स्थानमा गुगलको प्रभुत्वलाई चुनौती दिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...