Technology Khabar ६ फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
हाम्रो सौर्यमण्डलमा लाखौँ विशाल अन्तरिक्ष चट्टानहरू छन्, जसको अधिकांश भाग मंगल र बूहस्पतिको बीचको मुख्य क्षुद्रग्रह पेटीमा केन्द्रित छन्। तर तीमध्ये केही मात्र पृथ्वी नजिक आउँछन्, र झन् कम मात्रामा हाम्रो ग्रहलाई खतरा पुर्याउने सम्भावना राख्छन्।
नासाले पृथ्वीबाट ३ करोड माइल (५० लाख किलोमिटर) भित्र परिक्रमा गर्ने क्षुद्रग्रहहरूलाई ‘पृथ्वी-नजिकका वस्तु’ (नियर अर्थ अब्जेक्ट्स) को रूपमा वर्गीकृत गरेको छ। तर यीमध्ये केही यस्ता ठूला र पृथ्वीसँग निकै नजिक परिक्रमा गर्ने चट्टानहरू छन्, जसले यदि ठोक्किएमा हाम्रो ग्रहलाई वास्तविक खतरा पुर्याउन सक्छन्।
यस्ता चिन्ताजनक अन्तरिक्ष चट्टानहरू ‘सम्भावित रूपमा खतरनाक क्षुद्रग्रह’ भनिन्छ र खगोलशास्त्रीहरूले तीलाई निकट रूपमा निगरानी गरिरहेका छन्।
कतिवटा सम्भावित रूपमा खतरनाक क्षुद्रग्रहहरू छन्?
फेब्रुअरी २०२५ सम्म नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज (सीएनईओएस) ले करिब ३७,५०० पृथ्वी-नजिकका वस्तुपत्ता लगाएको छ। तीमध्ये करिब २,५०० लाई अन्तर्राष्ट्रिय खगोल संघ आईएयूको माइनर प्लानेट सेन्टरले सम्भावित रूपमा खतरनाक भनेर वर्गीकृत गरेको छ।
लाइभसाइन्सका अनुसार यीमध्ये धेरैजसो मुख्य क्षुद्रग्रह पेटीबाट आएका हुन् तर समयक्रममा सौर्यमण्डलको विकाससँगै तिनको कक्षामा परिवर्तन आएको छ।नासा ले हालसम्म पहिचान गरिएका सबै पीएचए क्षुद्रग्रहहरूको
कक्षा गणना गरिसकेको छ र कम्तीमा १०० वर्षसम्म कुनै पनि निश्चित रूपमा पृथ्वीमा ठोक्किने छैन। तर केही अन्तरिक्ष चट्टानहरू पृथ्वीसँग निकै नजिक आउने सम्भावना छ।
खासगरी ध्यान दिनुपर्ने सम्भावित असरकारी क्षुद्रग्रहहरू
हालसम्म पत्ता लागेका सबैभन्दा चिन्ताजनक पीएचए मध्ये एक २०२४ वाईआर४ हो।
फेब्रुअरी २०२५ मा वैज्ञानिकहरूले यस क्षुद्रग्रहले २०३२ मा पृथ्वीमा ठोक्किने २.३ प्रतिशत सम्भावना रहेको खुलासा गरेका छन् (भविष्यका थप अवलोकनपछि यो संख्यामा परिवर्तन हुन सक्छ)। नासाले यसलाई थप निगरानी गर्नका लागि जेम्स वेब स्पेस टेलिस्कोप जेडब्लूसटी समेत प्रयोग गरिरहेको छ।
ताराहरूको अँध्यारो पृष्ठभूमिमा सर्ने स-साना चम्किला वस्तुहरू पहिचान गर्ने प्रयास गर्छन्।
यसका लागि क्याटालिना स्काई सर्भे (एरिजोनामा रहेको टेलिस्कोप) वा इन्फ्रारेड टेलिस्कोप फ्याक्स (हवाईको मौना कीय पर्वतमा रहेको) जस्ता जमिनमा आधारित टेलिस्कोपहरू प्रायः प्रयोग गरिन्छन्।
पहिले नियोवाइज नामक नासाको उपग्रहले पनि अन्तरिक्षबाट पीएचए खोजी गरेको थियो, तर हाल यो सक्रिय छैन। नासा र युरोपियन स्पेस एजेन्सी (ईएसए) ले नयाँ अन्तरिक्ष आधारित निगरानी प्रणालीहरू निर्माण गर्ने योजना बनाइरहेका छन्।
कसैले नयाँ क्षुद्रग्रह वा धूमकेतु फेला पार्दा, तिनीहरूलाई आईएयूको माइनर प्लानेट सेन्टरमा रिपोर्ट गरिन्छ। त्यहाँबाट अन्य वैज्ञानिकहरूले थप अवलोकन गरी क्षुद्रग्रहको सटीक कक्षा पत्ता लगाउने प्रयास गर्छन्, जसले पृथ्वीका लागि खतरा छ वा छैन भन्ने निर्धारण गर्न मद्दत गर्छ।
वैज्ञानिकहरूका अनुसार, सम्भावित रूपमा खतरनाक क्षुद्रग्रहहरू रोक्नका लागि सबैभन्दा राम्रो उपाय तिनको कक्षा परिवर्तन गर्नु हो, पूर्ण रूपमा नष्ट गर्नु होइन।
नासा वैज्ञानिकहरूले क्षुद्रग्रहको परिक्रमा मार्ग परिवर्तन गर्ने केही उपायहरू अध्ययन गरेका छन्। एउटा विधि ग्राभिटी ट्र्याक्टर हो, जसमा एउटा अन्तरिक्ष यान क्षुद्रग्रहको परिक्रमा गर्नेछ र गुरुत्वाकर्षणको माध्यमबाट त्यसलाई बाटो बदल्न मद्दत गर्नेछ। अर्को विधि भनेको क्षुद्रग्रहको नजिकै (तर भित्र होइन) परमाणु विस्फोट गराएर त्यसलाई कक्षाबाट धकेल्नु रहेको लाइभसाइन्सले उल्लेख गरेको छ।
तर, हालको प्रविधि अनुसार सबैभन्दा व्यवहारिक उपाय काइनेटिक इम्प्याक्टर हो। यस विधिमा, अन्तरिक्ष यानलाई क्षुद्रग्रहसँग ठोक्काउने गरी पठाइन्छ, जसले त्यसको मार्ग परिवर्तन गराउन सक्छ।
काइनेटिक इम्प्याक्टर नै एकमात्र विधि हो, जसलाई उचित रूपमा परीक्षण गरिएको छ। सेप्टेम्बर २०२२ मा, नासा को डबल एस्टेरोइड रिडाइरेक्शन टेस्ट (डार्ट) मिशनले डाइमर्फोस नामक क्षुद्रग्रहलाई १४,५४० माइल प्रति घण्टा (२३,४०० किमि/घण्टा) को गतिमा ठक्कर दिएको थियो। यस टक्करले क्षुद्रग्रहको कक्षा ३२ मिनेटले परिवर्तन गरेको थियो, जसले काइनेटिक इम्प्याक्टर विधि सफल हुनसक्ने प्रमाणित गर्यो।
तर, यो विधि प्रयोग गर्नका लागि वर्षौंसम्मको योजना, सावधानीपूर्वक गणना, र लक्षित क्षुद्रग्रहको कक्षाबारे गहिरो अध्ययन आवश्यक पर्छ।
प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार