
काठमाडौं ।
एप्पलले फेब्रुअरी १९ तारिखमा आइफोन एसई ४ घोषणा गर्ने सीईओ टिम कुकले खुलासा गरेका छन्। कम्पनीको बहुप्रतिक्षित सबैभन्दा सस्तो स्मार्टफोनको मूल्य ४९९ अमेरिकी डलरमा सुरु हुने अपेक्षा गरिएको छ जुन यसको पूर्ववर्ती भन्दा ७० अमेरिकी डलर बढी हो।
नयाँ लीकमा देखा परेको डिभाइसको चिनियाँ रिटेलर सूचीकरण सही सावित भएको खण्डमा भने ४९९ अमेरिकी डलरमा ६४जीबी स्टोरेजको संस्करण मात्र प्राप्त गरिने उल्लेख गरिएको छ।
आइफोन एसई ४ ६४जीबी, १२८जीबी, र २५६जीबी गरी तीनवटा स्टारेज संस्करणहरूमा उपलब्ध हुनेछन्। सन् २०२५ मा, धेरैजसो एन्ड्रोइड मिड–रेन्जरहरू १२८जीबीबाट सुरु हुने बताइएको छ भने एप्पलले आफ्नो नाफा मार्जिन जोगाउनको लागि अर्को बाटो जान सक्ने छ।
प्रत्येक स्टोरेज अपग्रेडको लागि १०० अमेरिकी डलर तिर्नु पर्ने जस्तो देखिको छ जुन एप्पलको हकमा यस्तो कुराहरू सामान्य हुने गरेको बताइएको छ।
त्यस अवस्थामा, आइफोन एसई ४ को १२८जीबीको मूल्य ५९९ अमेरिकी डलर र २५६जीबी मोडेलको मूल्य ६९९ अमेरिकी डलर हुने भएको छ। त्यसैगरी उत्तर अमेरिका जस्ता बजारहरूमा, मिड–रेन्ज विकल्पहरू धेरै राम्रो नभएको हुनाले गुगलको आगामी पिक्सेल ९ए ले आइफोन एसई ४ सँग प्रतिस्पर्धा गर्ने धेरै पटक उल्लेख गरिएको छ।
यो अफवाह सही सावित भएको खण्डमा भने समान स्टोरेज चयन गर्दा पिक्सेल ९ए वास्तवमा आइफोन एसई ४ भन्दा १०० अमेरिकी डलर सस्तो हुन सम्भावना छ।
आइफोन एसई ४ लाई आइफोन १४ को जस्तै लुक्स, ए१८ चिप, सबै संस्करणहरूमा ८जीबी र्याम र फेस आईडी समावेश गर्ने अफवाह रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार