आईफोन १७ प्रो म्याक्सले सानो डाइनामिक आइल्याण्ड समावेश गर्ने अफवाह

Technology Khabar ३ फाल्गुन २०८१, शनिबार

आईफोन १७ प्रो म्याक्सले सानो डाइनामिक आइल्याण्ड समावेश गर्ने अफवाह
मेटालेन्स (तस्बिरःएन्सिस)

काठमाडौं ।

आईफोन १७ लन्च हुनको लागि धेरै समय बाँकी रहेको छ। यस डिभाइसको बारेमा आउने अफवाहहरूको पनि वृद्धि भएको छ र पछिल्लो अफवाहले आईफोन १७ प्रो म्याक्समा सानो डिस्प्ले कटआउट हुने पूर्वानुमान गरेको छ। टिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार, आगामी प्रो म्याक्स आईफोनमा मेटालेन्स फेस आईडी कम्पोनेन्टहरू समावेश गर्ने स्लिमर डायनामिक आइल्याण्ड हुनेछ जसले यसको समग्र फुटप्रिन्टलाई स्रिङ्क गर्दछ।

मेटालेन्सहरू एडभान्स्ड (उन्नत), अल्ट्रा–पातलो अप्टिकल लेन्सहरू भएको र यसले माइक्रोस्कोपिक स्तरमा लाइट (प्रकाश) लाई म्यानुपुलेट गर्न नानोस्ट्रक्चरहरू प्रयोग गर्दछ। ती लेन्सहरूले टाइटेनियम डाइअक्साइड वा सिलिकन जस्ता नानोस्ट्रक्चरहरूको एरेजहरू प्रयोग गर्ने र इनकमिङ लाइट (आगमन प्रकाश) को फेज (चरण), एम्प्लीच्युड (आयाम), र पोलराइजेसन (ध्रुवीकरण) लाई ठीकसँग नियन्त्रण गर्न सक्ने उल्लेख छ। त्यसैले, मेटालेन्सहरूले स्मार्टफोनहरूको क्यामरामा देखिने परम्परागत लेन्स स्ट्याकिङलाई प्रतिस्थापन गर्न सक्ने सम्भावनाको उल्लेख गरिएको छ भने यसले स्लिमर क्यामरा मोड्युलहरू निम्त्याउने छ।

त्यसैगरी मेटालेन्स फेस आईडी टेकले अन्ततः भविष्यको आईप्याड प्रो मोडेलहरू र अफवाहमा रहेको फोल्डेबल आईप्याड डिभाइसमा पनि समावेश गरिने अपेक्षा गरिएको छ जुन अर्को वर्ष लन्च हुने अनुमान गरिएको छ।

यो नयाँ अफवाहले भने सम्पूर्ण आईफोन १७ सिरिजमा हालको आईफोन १६ पुस्ताको जस्तै डायनामिक आइल्याण्ड हुनेछ भनेर दावी गर्ने प्रख्यात एप्पल सप्लाइ चेन विशेषज्ञ मिङ्ग–ची कुओको अघिल्लो रिपोर्टको खण्डन गर्दछ। हालको यस बिन्दुमा यो जानकारी सबै अपुष्ट अनुमान मात्र भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया