Technology Khabar ३ फाल्गुन २०८१, शनिबार
काठमाडौं ।
एप्पलका सीईओ टिम कुकले “परिवारको सबैभन्दा नयाँ सदस्य” फेब्रुअरी १९ तारिखमा आधिकारिक रूपमा आउने एक्समा घोषणा गरेका छन्।
अहिलेसम्म देखिएका सबै लीकहरूको आधारमा र एप्पल प्रोडक्टहरू बारे जानकार ब्लूमबर्गका मार्क गर्मनले यो अर्को आईफोन एसई हुने पुष्टि गरेको बताइएको छ। त्यसैगरी अस्थायी रूपमा आईफोन एसई ४ भनिने गरिएको यो डिभाइस कहिलेकाहीं आईफोन १६ई को रूपमा आइपुग्ने अफवाह पनि रहेको छ।
एप्पलले भने यस डिभाइसलाई आईफोन एसई भन्ने सम्भावनाको उल्लेख गरिएको छ र यसको सबै पूर्ववर्तीहरूसँग पनि त्यस्तै गरिएको थियो। यो ह्यान्डसेट आईफोन १४ को जस्तै लुक्स, ए१८ चिप, ८ जीबीको र्याम र एक सिंगल रियर क्यामराको साथ आउने अफवाह छ।
यो डिभाइसको मूल्य ४९९ अमेरिकी डलरमा सुरु हुने अपेक्षा गरिएको छ जुन आगामी गुगल पिक्सेल ९एको अफवाह गरिएको मूल्य निर्धारणसँग मेल खाने बताइएको छ। उक्त मूल्य दायराको साथ आईफोन एसईले अमेरिका र क्यानडा जस्ता धेरै राम्रो मिड–रेञ्ज अप्सन्स (मध्य–दायरा विकल्पहरू) नभएका बजारहरूमा प्रतिस्पर्धा गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
Get ready to meet the newest member of the family.
Wednesday, February 19. #AppleLaunch pic.twitter.com/0ML0NfMedu
— Tim Cook (@tim_cook) February 13, 2025
प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार