अमेरिकाको एप्पल र एण्ड्रोइड एप स्टोरमा फर्कियो टिकटक

  • Technology Khabar | ३ फाल्गुन २०८१, शनिबार
अमेरिकाको एप्पल र एण्ड्रोइड एप स्टोरमा फर्कियो टिकटक

काठमाडौं ।

टिकटक अमेरिकामा एप्पलको एप स्टोर र गुगलको प्ले स्टोरमा फेरि उपलब्ध भएको छ। यो एप तत्कालीन बाइडेन प्रशासनले छोटो समयका लागस देशव्यापी प्रतिबन्ध लगाएपछि जनवरी १९, २०२५ मा एप्पल र गुगल दुवैको स्टोरबाट हटाइएको थियो।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लागू नगर्ने वाचा गरेपछि सेवा तुरुन्तै पुनःस्थापित गरियो। तर एप अमेरिकी स्टोरहरूमा डाउनलोड गर्न भने उपलब्ध थिएन।

एप्पलले अब आफ्नो निर्णय परिवर्तन गरेको छ। ब्लूमबर्गका अनुसार, अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीको पत्रपछि कम्पनीले यो निर्णय गरेको हो। ट्रम्पले यसअघि कार्यकारी आदेशमार्फत न्याय विभागलाई ७५ दिनको लागि प्रतिबन्ध कार्यान्वयन नगर्न निर्देशन दिएका थिए। एप्पल ले यसबारेमा कुनै टिप्पणी नगरेको इन्ग्याजेटले उल्लेख गरेको छ।

टिकटक अब गुगलको प्ले स्टोरमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। कम्पनीले अघिल्लो समय एण्ड्रोइड प्रयोगकर्ताहरूलाई एप साइडलोड गर्न प्रोत्साहित गरेको थियो। एक्जियसका अनुसार, न्याय विभागले गुगललाई टिकटकलाई पुनः पहुँच दिनु कानूनको उल्लङ्घन नहुने आश्वासन दिएको थियो।

टिकटकको दीर्घकालीन भविष्य अझै स्पष्ट छैन। ट्रम्पले पटकपटक यस्तो सम्झौताका बारेमा भनेका छन् जसले कम्पनीलाई अमेरिका मा सञ्चालन गर्न अनुमति दिन सक्छ, जसमा अमेरिकी सरकारलाई कम्पनीमा स्वामित्व दिने व्यवस्था पनि समावेश हुन सक्छ।

केही लगानीकर्ताहरू र कम्पनीहरूले टिकटक को केही भाग खरिद गर्न प्रस्ताव गरेका छन्, तर कम्पनीले कुन प्रस्तावलाई गम्भीर रूपमा लिएको छ भन्ने स्पष्ट भएको छैन।

प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha Nepal celebrates love with “Maya Sanga Maya ko Yatra” nationwide Valentine’s campaign

  • Technology Khabar
  • ३ फाल्गुन २०८१, शनिबार