वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी टिकटक प्रतियोगिता: विजेताले १० हजार रुपैयाँ पाउने

Technology Khabar २ फाल्गुन २०८१, शुक्रबार

वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी टिकटक प्रतियोगिता: विजेताले १० हजार रुपैयाँ पाउने
टिकटकको लोगो। फ्रिपिक डटकममार्फत।

काठमाडौं ।

डिभिजन वन कार्यालय ओखलढुंगाले नेपाल पत्रकार महासंघ ओखलढुंगाको समन्वयमा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी टिकटक प्रतियोगिता गर्ने भएको छ।

सुख्खा मौसममा मानवीय कमजोरीका कारण आगलागीका घटनाहरु बढिरहेका र अग्निजन्य क्षति रोक्नु सबैकव साझा दायित्व भएकाले आगलागीजन्य घटनाबाट जनधनको हुन नदिन सचेतना जगाउने उद्देश्यले यो सन्देशमुलक टिकटक प्रतियोगिता आयोजना गरिएको बताइएको छ।

आयोजकका अनुसार टिकटक समुदायको आवाज बोल्ने र सरल भाषा शैलीको हुनुपर्नेछ। आगलागीबाट हुने क्षति आगलागीमा संलग्नलाई हुने कारबाही, सम्पर्क गर्नुपर्ने निकाय (वन कार्यालय, प्रहरी र जनप्रतिनिधि) सहितका विषय समेटिएको टिकटकको अन्तमा जनहितका लागि डिभिजन वन कार्यालयद्वारा जारी सन्देश भन्ने उल्लेख गरी आफ्नो एकाउन्टमा पोष्ट गरेको लिङ्क उपलब्ध गराउनु पर्नेछ।

२०८१ चैत्रमहिनासम्ममा धेरै हेरिएको र सन्देशमूलक एवं उत्कृष्ट ठहरिएका मध्ये १ जनालाई नगद १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया