एआईसहितको च्याटबोटको विकास गरेको मस्कको घोषणाः अन्य च्याटबोटहरु माथि हावी हुने

  • Technology Khabar | २ फाल्गुन २०८१, शुक्रबार
एआईसहितको च्याटबोटको विकास गरेको मस्कको घोषणाः अन्य च्याटबोटहरु माथि हावी हुने

काठमाडौं ।

ईलन मस्कले उनको एआई–सञ्चालित च्याटबोट र च्याटजीपीटीको “प्रतिस्पर्धी” को रूपमा ग्रोक ३ विकासको अन्तिम चरणमा रहेको र लगभग एक वा दुई हप्तामा रिलीज हुने घोषणा गरेका छन्।

“ग्रोक ३ सँग धेरै शक्तिशाली रिजनिङ (तर्क) क्षमताहरू छन्, त्यसैले हामीले अहिलेसम्म गरेका परीक्षणहरूमा, ग्रोक ३ ले सबै अपेक्षाहरू पार गरिरहेको छ” मस्कले भने।

अरबपति टेक मोगल (विशेष गरी चलचित्र वा मिडिया उद्योगमा एक महत्त्वपूर्ण वा शक्तिशाली व्यक्ति) ले माइक्रोसफ्ट र अल्फाबेटको गुगलद्वारा समर्थित ओपनएआईको प्रतिस्पर्धीको रूपमा एक्सएआईको स्थापना गरेको थाहा हुन आएको उल्लेख गरिएको छ।

त्यसैगरी मस्कले ओपनएआईको पनि सह–स्थापना गरेका थिए भनि रोयटर्सले उल्लेख गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

गत अगस्टमा, उनले ओपनएआई र यसको मालिक, साम अल्टम्यानलाई नाफाको लागि संस्थामा परिवर्तन गर्ने प्रयासलाई रोक्न खोज्दै मुद्दा हालेको उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कार्यबलको आकार नाटकीय रूपमा घटाउने लक्ष्य राखेको तथाकथित सरकारी दक्षता विभागको निरीक्षण गर्न नियुक्त गरेका मस्कले सरकारी खर्चलाई १ ट्रिलियन डलर वा बढीले घटाउन सकिने बताए।

“अर्थतन्त्र सम्भवतः ४ वा ५ प्रतिशतले बढ्न सक्छ, वास्तविक उपयोगी वस्तुहरू र सेवाहरूको उत्पादनको सन्दर्भमा, र सरकारी खर्च अर्थतन्त्रको लगभग ३ वा ४ प्रतिशतले घटाउँदै, या लगभग एक ट्रिलियन डलर वा त्यो भन्दा बढीले, र यसको शुद्ध प्रभाव सन् २०२५ देखि सन् २०२६ सम्म मुद्रास्फीति हुनेछैन, त्यसैले यो असाधारण हुनेछ” भनि मस्कले बताएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २ फाल्गुन २०८१, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २ फाल्गुन २०८१, शुक्रबार

NOC from Nagarik App

  • २ फाल्गुन २०८१, शुक्रबार

E-pension verification system launched

  • २ फाल्गुन २०८१, शुक्रबार