म्याराडोना ईए स्पोर्ट्समा फर्किए

  • Technology Khabar | १ फाल्गुन २०८१, बिहीबार
म्याराडोना ईए स्पोर्ट्समा फर्किए

काठमाडौं ।

अर्जेन्टिनाका चर्चित फुटबलर डिएगो म्याराडोनाको चरित्र हालको फुटबल खेल ईए स्पोर्ट्स एफसी २५ मा देखिने भएको छ।

इलेक्ट्रोनिक आर्ट्सले फेब्रुअरी १४ तारिखमा म्याराडोनाको चरित्र एफयूटी आइकनहरूमा फर्किने घोषणा गरेको छ।

सन् २०१७ देखि सन् २०२१ सम्म ईए स्पोर्ट्स भिडियो गेमहरूमा म्याराडोनाको चरित्र उपस्थित रहेको थियो। म्याराडोनाको मृत्युपछि, फुटबलरका वकिल माटियास मोर्लाले उनीहरू (ईए स्पोट्र्स)ले कुनै कानुनी आधार बिना नै उनी(म्याराडोना) सँग सम्झौता गरेको तर्क गर्दै इलेक्ट्रोनिक आट्र्सलाई मुद्दा हालेका थिए।

यसै कारणले गर्दा ईएलाई म्याराडोनालाई फिफा २२ बाट पूर्वव्यापी रूपमा हटाउन बाध्य पारिएको र लेजेन्डरी फुटबलरलाई पछिल्ला तीनवटा भिडियो गेमबाट हटाइएको थियो।

डिएगो म्याराडोना ब्रान्डको अधिकार कसको स्वामित्वमा छ भन्ने रहस्य अझै खुलासा भएको छैन।

अर्कोतर्फ, आफ्नो मृत्युअघि फुटबलरले ब्रान्ड व्यवस्थापन गर्ने अधिकार आफ्नो कम्पनी सात्भिकालाई हस्तान्तरण गरेको म्याराडोनाका वकिलले दावी गरेका छन्। म्याराडोनाका छोरीहरू भने फुटबलरका वकिलको भनाइमा असहमत हुँदै अधिकार उनीहरूकै भएको भन्ने विश्वास गर्ने  टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • १ फाल्गुन २०८१, बिहीबार