
काठमाडौं ।
यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधाराले सवारीधनीलाई सवारीसाधनको सक्कल फाइल आफैंसँग लगेका सवारीधनीलाई १५ दिनभित्र बुझाउन आग्रह गरेको छ।
हालसम्म कार्यलायमा दर्ता भएका दुई पाङ्ग्रे सवारी साधनहरूको विवरण डिजिटाइजेसन गर्ने कामका लागि उक्त फाइल मागिएको हो।
कार्यालयले हालै एक सूचना जारी गरी पहिलो चरणमा लट नं. १ देखि लट नं. ५५ सम्मका सवारीधनीलाई आफ्ना सक्कल फाइल कार्यालयमा बुझाउन अनुरोध गरेको हो।
‘यस कार्यालयमा दर्ता कायम भएका लट नं. १ देखि लट नं. ५५ सम्मका दुईपाङ्ग्रे सवारी साधनहरुको सक्कल फाइल आफूसँगै लगेका सवारीधनीहरुले सवारी साधनको विवरण डिजिटाइजेशन गर्ने प्रयोजनका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारामा १५ दिन भित्र आफूसँग रहेको फाइल बुझाउनु हुन अनुरोध छ’, सूचनामा उल्लेख छ।
प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार