
काठमाडौं ।
अमेरिकाको डेट्रोइट राज्यका ब्रान्डन डेलाली नाम गरेका एक टेस्ला मालिकले आफ्नो कार अनलक गर्न एउटा अनौठो तरीका प्रयोग गरेका छन्: आफ्नो हात। उनको हातमा ११ दिनअघि प्रत्यारोपण गरिएको विशेष रूपमा निर्मित चिपका माध्यमबाट उनले आफ्नो टेस्ला कार अनलक गरेका हुन्। यो नयाँ इम्प्लान्टबारे सोध्दा उनले यो उनको दोस्रो चिप भएको बताएका छन्।
टेस्लाराटीले उल्लेख गरे अनुसार यो उनको दोस्रो चिप भएको र पहिलो चिप लगाउँदा उनले कुनै एनेस्थेसिया वा दुखाइ कम गर्ने कुनै चीज प्रयोग गरेका ब्रान्डनले बताए।
उनले आफ्नो दाहिने हातमा चिप प्रत्यारोपण गर्न ४०० अमेरिकी डलर तिरेको बताइएको छ। उनले हालैको चिप प्रत्यारोपण गरेको र त्यसको प्रयोगबाट टेस्ला अनलक गरेको भिडियो सामग्री एक्स एकाउन्टमा राखेका छन्।
“पहिलो चिप अलि सानो थियो, त्यसैले ठूलो रड हातमा हाल्दा जस्तो कष्टकर भएन। पहिलो चिप पहिले नै ठूलो सिरिञ्जभित्र थियो। उनीहरूले सिरिञ्ज छिराएर चिप छोडिदिए, कुकुरलाई माइक्रोचिप लगाउने तरिकासँग मिल्दोजुल्दो थियो,” उनले भने
पहिलो चिप प्रत्यारोपण गर्दा करिब एक महिना पोल्ने र दुख्ने समस्या भयो। तर टेस्ला अनलक गर्ने दोस्रो चिप लगाउँदा उनको हातलाई लिडोकाइनको प्रयोग गरेर संवेदनाहीन बनाइएको थियो। ब्रान्डनका अनुसार यो चिप राख्न चार-गेजको सुई प्रयोग गरिएको थियो।

उनले बताएअनुसार चिपहरूलाई बायोपोलीमर जस्ता जैविक रूपमा अनुकूल पदार्थले लेपन गरिन्छन्। अर्को चिप बायोग्लासबाट बनेको छ। प्रत्यारोपण गरेपछि शरीरले चिपलाई आफ्नै तन्तुहरूले घेरेर ढाक्छ।
दुईवटा चिप किन?
ब्रान्डनसँग दुई चिप किन छन् भन्ने विषय कौतूहलयुक्त छ। यी चिपहरू पूरै फरक उद्देश्यका लागि प्रयोग गरिने उनले बताए। चिपहरू पहुँच नियन्त्रण, डाटा स्टोरेज, छालामुनि उज्यालो पार्ने, वा क्रिप्टोकरेन्सी राख्न प्रयोग गरिन्छन्। ब्रान्डनले प्रयोग गर्ने टेस्ला अनलक गर्ने चिप उनी परीक्षण गरिरहेका छन्।
टेस्ला अनलक गर्न प्रयोग गरिने चिप VivoKey Apex हो, जुन एक सम्पर्करहित एनएफसी सुरक्षित तत्व चिप भएको टेस्लाराटीले उल्लेख गरेको छ।
“म करिब १०० जनाको बीटा समूहमा छु, र यो चिपले सुरक्षित कारोबार र जाभा कार्ड एप्लेटहरू गर्न सक्छ। यस चिप निर्माण गर्ने कम्पनीसँग आफ्नै एप स्टोर छ, जहाँबाट तपाईंले यी चिपहरूमा वायरलेस रूपमा एपहरू इन्स्टल गर्न सक्नुहुन्छ। र तीमध्ये एउटा एप टेस्ला की कार्ड पनि हो। मैले पहिलो पटक यही एप इन्स्टल गरें किनभने मसँग टेस्ला छ। जब ब्लुटुथ की फेल हुन्छ वा मेरो की कार्ड नभए, म आफ्नै हात प्रयोग गर्छु।”
ब्रान्डनले बताएअनुसार उनको पहिलो चिप घरको साँचोको रूपमा प्रयोग हुन्छ र यसमा उनको पोर्टफोलियो, सम्पर्क कार्ड, मेडिकल जानकारी, कोभिड खोप कार्ड र यस्तै अन्य वस्तुहरू सञ्चित छन्। यो चिप कुनै पनि मोबाइल फोनले स्क्यान गर्न सक्छ, जसले एउटा पोर्टल खोल्छ जहाँबाट यी जानकारीहरू पहुँच गर्न सकिन्छ।
“मेरो योजना बायाँ हातमा घरको साचो र दायाँ हातमा कारको साँचो राख्ने थियो। सबैभन्दा रोचक कुरा के छ भने मैले भर्खरै प्रत्यारोपण गरेको नयाँ चिपलाई स्वीकृत भएपछि वायरलेस रूपमा क्रेडिट कार्ड कारोबार गर्न सक्रिय गर्न सकिन्छ। म यसलाई मेरो क्रेडिट कार्डसँग लिंक गरेर ट्याप-टु-पे टर्मिनलहरू भएको ठाउँमा प्रयोग गर्न सक्छु।”
चिप अनायासै प्रयोग भयो भने के हुन्छ? वा झन् खराब अवस्था के भने, ह्याक भयो भने? भन्न उनलाई एउटा चिन्ता थियो। उदाहरणका लागि, नजिकैको क्रेडिट कार्ड मेसिनले दुर्घटनावश चिप स्क्यान गरेर पैसा तान्न सक्छ? चिपलाई स्क्यान गर्न मेसिनको निकै नजिक ल्याउन आवश्यक पर्ने ब्रान्डनले बताए।
“तपाईं केही मिलिमिटरभित्र हुनु आवश्यक छ, र व्यावहारिक रूपमा, तपाईं क्रेडिट कार्ड टर्मिनलहरू हुँदै हिंड्दै हात दल्दै हिँड्ने सम्भावना छैन। यसको रिड रेन्ज निकै छोटो छ। यदि तपाईं एप्पल पे प्रयोग गर्नुहुन्छ भने यो ठ्याक्कै त्यस्तै हो, तर तपाईंको हातभित्रै बनाइएको छ,” उनले भने।
प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार