Technology Khabar ३० माघ २०८१, बुधबार
काठमाडौं ।
पृथ्वीको कोर आश्चर्यजनक संरचनात्मक परिवर्तनहरूबाट गुज्रिरहेको अनुसन्धानकर्ताहरूले विश्वास व्यक्त गरेका छन्।
एउटा नयाँ अध्ययनमा वैज्ञानिकहरूले अप्रत्याशित रूपमा हाम्रो ग्रहको भित्री भागले यसको भौतिक प्रकृति परिवर्तन गरिरहेको फेला पारेका छन्।परिवर्तनहरूले प्रत्येक दिनको लम्बाइमा थोरै परिवर्तन गरेको हुन सक्ने अनुसन्धानकर्ताहरूको विश्वास रहेको छ।
वैज्ञानिकहरू लामो समयदेखि नै पृथ्वीको भित्री भागमा हुने परिवर्तनहरू बारे सचेत रहेको छन् र धेरै जसो अनुसन्धानले यसको परिक्रमा गर्ने तरिकालाई अवलोकन गरिरहेका छन्।
यसै सिलसिलामा अब वैज्ञानिकहरूले हाम्रो खुट्टा मुनि अन्य प्रकारका गतिविधिहरू पनि भइरहेको पत्ता लगाएका छन्। पृथ्वीको सतह मुनि ३,००० माइलमा भित्री कोर पाइन्छ भने गुरुत्वाकर्षणले यसलाई मोल्टन लिक्विड आउटर (पग्लिएको तरल बाहिरी) कोर भित्र नै राख्दछ।
अनुसन्धानकर्ताहरूले भित्री कोरको परिक्रमाको ढिलो गतिको बारेमा विश्लेषणको थालनी गर्दै आफ्नो काम सुरु छ। उक्त काम गरेपछि, तिनीहरूले भित्री कोर हामीले सोचेको तरिकामा ठोस नभएको प्रमाण फेला पारेको उल्लेख गरिएको छ।
वैज्ञानिकहरूले भूकम्पहरू चार्ट गर्ने धेरै दशकहरूका सिस्मोग्राफहरू हेरेपछि यो गतिविधिहरूको बारेमा पत्ता लागेको बताएका छन्। तिनीहरू मध्यै एकले जुन बाँकीबाट अलग थियो, त्यसले भित्री कोर सोचे अनुसारको सोलिड (ठोस) स्टेट नभएको सुझाव दिएको उल्लेख छ।
इन्डिपेन्डेन्टका अनुसार वास्तवमा, कोर “भिस्कस फर्मेशन” भनेर चिनिने प्रक्रिया मार्फत गुज्रिरहेको वा जान सक्नेछ जहाँ यसको आकार परिवर्तन हुनेछ र यसले बाहिरी कोरसँग अन्तरक्रिया गर्नेछ।
अन्टार्कटिकाको दक्षिण स्यान्डविच टापुहरू नजिकैका ४२ स्थानहरूबाट १२१ दोहोरिने भूकम्पहरू समावेश गरिएको डाटाबाट अन्वेषकहरू सुरुमा अलमलमा परेका थिए। अन्वेषकहरूले भूकम्पीय तरंगहरूको एउटा सेट भेट्टाए जुन फरक देखिन्थ्यो र उनीहरूले अन्ततः यसले भित्री कोरमा थप भौतिक गतिविधि भइरहेको संकेत गरेको महसुस गरेका उल्लेख गरिएको छ।
“मोल्टन आउटर कोरलाई व्यापक रूपमा अशान्त मानिन्छ, तर यसको अशान्त स्वभाव ह्यूम्यान टाइमस्केल (मानव समय मापन) मा आफ्नो छिमेकीको भित्री कोरलाई बाधा पुर्याउने देखाइएको थिएन” यूएससी डोर्नसिफ कलेज अफ लेटर्स, आट्र्स एन्ड साइन्स र अध्ययनका प्रमुख अन्वेषक जोन भिडेलले भने।
“हामीले पहिलो पटक यस अध्ययनमा बाहिरी कोरले सम्भवतः भित्री कोरलाई गडबड गरिरहेको छ कि भनेर हेरिरहेका छौं।”
नेचर जियोसाइन्स जर्नलमा प्रकाशित ‘पृथ्वीको भित्री भागको परिक्रमा दर र पृथ्वीको भित्री भागको नजिकको सतह दुवैमा वार्षिक–स्केल परिवर्तनशीलता’ नामक नयाँ पेपरमा यस कार्यलाई वर्णन गरिएको इन्डिपेन्डेन्टमा उल्लेख छ।
प्रकाशित: ३० माघ २०८१, बुधबार