Technology Khabar २८ माघ २०८१, सोमबार
काठमाडौं ।
चिनियाँ टेक कम्पनी शाओमीले गाडीको उत्पादन क्षमता बढाउन काम गरिरहेको छ, तर डेलिभरी पर्खने समय अझै उच्च रहेको छ।
स्मार्टफोन निर्माताका संस्थापक, अध्यक्ष र सीईओ लेई जुनले चिनियाँ सामाजिक सञ्जाल वेईबोपोस्टमा लेख्दे शाओमी ईभी कारखानामा गएर गुणस्तर र उत्पादन सुरक्षा सुनिश्चित गर्दै क्षमता कसरी बढाउने भन्ने बारेमा उत्पादनको जिम्मेवारीमा रहेका सहकर्मीहरूसँग छलफल गर्न गएको जानकारी दिएका थिए।
“म हाम्रो कार कारखानाको अनुसन्धान र विकास केन्द्रमा छु, मेरो झ्याल बाहिर पेन्ट पसल छ,” लेईले वेईबोमा लेखे।
सीएनईभीपोस्टको रिपोर्टअनुसार, शाओमीको कार कारखाना बेइजिङमा अवस्थित छ, जहाँ कम्पनीको मुख्यालय छ, र हाल सञ्चालनमा रहेको पहिलो चरणको वार्षिक क्षमता १ लाख ५० हजार युनिट छ।
गत वर्ष जुलाईमा, शाओमीले आफ्नो बेइजिङ ईभी प्लान्टको दोस्रो चरणको निर्माण सुरु गर्यो, जुन पहिलो चरणको नजिकै अवस्थित छ।
गत वर्ष अक्टोबर २३ मा एक रिपोर्टमा, स्थानीय मिडिया आउटलेट नेशनल बिजनेस डेलीले दोस्रो चरणको प्लान्टमा निर्माण कामदारहरूले दोहोरो शिफ्टमा काम गरिरहेको बताएको थियो, जसमा मानिसहरूले दिन र रात दुवै समयमा काम गरिरहेका थिए।
दोस्रो चरणको प्लान्टको निर्माण २०२४ को अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको थियो, जसको मुख्य संरचना जुन १५, २०२५ सम्ममा सम्पन्न हुने तालिका रहेको रिपोर्टले यस विषयमा परिचित व्यक्तिलाई उद्धृत गर्दै जनाएको छ।
दोस्रो चरणको प्लान्ट पहिलो चरणको प्लान्टबाट सडकको अर्को भागसम्म मात्र टाढा छ, र सडक पनि विस्तार भइरहेको रिपोर्टमा उल्लेख छ।
शाओमीको पहिलो ईभी मोडेल, एसयू७ (SU7), आधिकारिक रूपमा मार्च २८, २०२४ मा लन्च गरिएको थियो, र यो स्ट्यान्डर्ड, प्रो र म्याक्ससहित तीन भेरियन्टहरूमा उपलब्ध छ, जसको सुरुवाती मूल्य क्रमश २ लाख १५ हजार ९०० (२९,६३०डलर)बाट शुरु हुन्छ। यो हाल चीनमा मात्र उपलब्ध रहेको छ।
प्रकाशित: २८ माघ २०८१, सोमबार