सुरक्षित इन्टरनेट दिवसमा आयोजना हुने वेबिनारमा सहभागिताका लागि दर्ता आह्वान

  • Technology Khabar | २८ माघ २०८१, सोमबार
सुरक्षित इन्टरनेट दिवसमा आयोजना हुने वेबिनारमा सहभागिताका लागि दर्ता आह्वान

काठमाडौं ।

माघ २९ गते अर्थात् भोलि मंगलबार विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ। सोही अवसरमा नेपालमा भोलि बिहान ११:०० बजेदेखि १:०० बजेसम्म भर्चुअल छलफल बैठक अर्थात् वेबिनार पनि आयोजना हुने भएको छ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजना र विकास साझेदार तथा नागरिक संघ, संस्था, सञ्जालको समन्वय र सहयोगमा “सुरक्षित इन्टरनेटः सबैका लागि, सधैका लागि” भन्ने नाराका साथ आयोजित Safer Internet Day 2025 को उक्त वेबिनारमा सहभागिताका लागि राष्ट्रिय बाल अधिकार परिषद्ले विज्ञप्तिमार्फत् आह्वान गरेको हो।

‘बालबालिकाको अनलाइन सुरक्षा तथा सुरक्षित इन्टरनेट सेवा सम्बन्धी जानकारी लिई बालबालिकाको अनलाइन तथा इन्टरनेट सुरक्षा सुनिश्चित गर्न गराउन सम्पूर्ण विद्यालय, बाल गृह, बाल सुधार गृह, अस्थायी संरक्षण सेवा केन्द्र, परिवारमा आधारित हेरचाह गर्ने संस्था, पुनःस्थापना केन्द्र लगायतका सामाजिक एवम् निजी क्षेत्रका निकाय तथा संस्थालाई सामुहिक रुपमा बालबालिकाको सहभागिता सुनिश्चित गरी वा व्यवस्था मिलाइ सहभागी हुन परिषद् हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

सहभागिताका लागि https://shorturl.at/kJnHG लिङ्कमा क्लिक गरी रजिष्ट्रेसन गर्न सकिनेछI यसमा पहिले रजिष्ट्रेसन गर्ने ५०० जति विद्यालय तथा संस्थालाई पहुँच पुर्याउन सकिने भएको हुँदा जति छिटो रजिष्ट्रेसन गर्न सकिन्छ उत्तिकै सहभागिताको लागि सुनिश्चतता हुने हुँदा छिटो रजिष्ट्रेसन गरी आफ्नो सहभागिता सुनिश्चित गर्न आह्वान गरिएको छ। यसबाहेक थप जानकारीका लागि नेपाल दूरसञ्चार प्राधिकारणको वेवसाइटमा हेर्न सकिनेछ।

प्रकाशित: २८ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...