Technology Khabar २८ माघ २०८१, सोमबार
काठमाडौं ।
फ्रान्सले एआई परियोजनाहरूमा १०९ बिलियन यूरो लगानी गर्ने भएको छ। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले पेरिसमा हुने ग्लोबल एआई शिखर सम्मेलन अघि आइतबार उक्त एआई परियोजनाहरूको लगानीको बारेमा घोषणा गरेको र यसलाई गेम चेन्जर हुने भनेर बताएको उल्लेख गरिएको छ।
साथै कार्यक्रमको प्रवर्द्धन गर्नका लागि उनले प्रविधिको सम्भाव्यता देखाउँदै विभिन्न भूमिकाहरूमा एआईद्वारा उत्पन्न फेक (नक्कली) भिडियोहरू पोस्ट गरेको टेलीग्राफले उल्लेख गरेको छ।
ओपनएआईको ५०० बिलियन अमेरिकी डलर कार्यक्रमलाई उल्लेख गर्दै उनले यो लगानीलाई “फ्रान्सका लागि अमेरिकाले ‘स्टारगेट’ सँग घोषणा गरेको बराबर” भएको भनेर वर्णन गरेका छन्।
“फ्रान्स र युरोप हरेक अवसरको सदुपयोग गर्न र हाम्रा सिद्धान्तहरूलाई प्रवद्र्धन गर्न यस क्रान्तिको केन्द्रमा हुनुपर्दछ” उनले थप उल्लेख गरे।
सोमबार र मंगलबार, म्याक्रोनले पेरिसमा एआई एक्शन समिट (शिखर सम्मेलन) को आयोजना गर्नेछन् जसले राज्य र सरकारका प्रमुखहरूलाई एकसाथ ल्याउनेछ। भारतले सो कार्यक्रमको सहअध्यक्षता गर्ने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २८ माघ २०८१, सोमबार