Technology Khabar २७ माघ २०८१, आईतवार
काठमाडौं ।
अनलाईन ठगीको सिकार बनेकी रुकुम पश्चिमकी एक महिलाले आत्महत्या गरेकी छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८ तल्लो आमडाँडाकी २५ वर्षीया जमुना रसाईलीलाई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले रकम ठगी गरेको थाहापाएसँगै उनले आत्महत्या गरेकी बताईएको छ।
उनलाई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिबाट दश लाख रुपैयाँको गिफ्ट पाएको जानकारी आएको र कुराकानी गर्दै जादा जमुनालाई ती व्यक्तिले केही रकम पहिले जम्मा गरेपछि गिफ्ट बापत ८ लाख रुपैयाँ पाउने जानकारी गराउँछ। त्यसपछि, उनीहरुको कुराकानी बढ्दै जाँदा जमुनाले आफुसँग भएको गरगहना, नगद जम्मा गरेर करिब ३ लाख रुपैयाँ पठाउँछिन तर अपरिचित व्यक्तिलाई रकम पठाएको केही समयमै उनलाई ब्लक गरिन्छ।
गिफ्ट पाउने लोभमा उनले आफु ठगिएको थाहा पाएपछि तनाबमा रहेकी उनी घर नजिकै मृत अवस्थामा फेला परेकी हुन्। रोजगारीका सिलसिलामा भारतमा रहेका श्रीमान् विनोद विकलाई फोन गरेर आफू ठगिएको बारेमा जानकारी गराएसँगै उनी मृत फेला परेकी हुन्। शुक्रवार घर नजिकैको जंगलमा उनको शव फेला परेको हो।
जिल्ला प्रहरी प्रमुखकाअनुसार शुक्रबार बिहान उनी घर नजिकैको स्याला भन्ने जङ्गलमा आफ्नै सलले पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन्। प्रहरीकाअनुसार अनलाईन ठगीको कुनै निवेदन नपरेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २७ माघ २०८१, आईतवार