Technology Khabar २७ माघ २०८१, आईतवार
काठमाडौं ।
सन् २०२३ मा इन्टेलसँग पहिलो स्थान गुमाएको सामसङ सन् २०२४ मा विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर निर्माताको रूपमा फर्केको छ।
कोरियाली टेक जायन्टले गत वर्ष ६६.५ बिलियन डलरको कुल राजस्वको साथ १०.५ प्रतिशतको सबैभन्दा ठूलो बजार हिस्सा सुरक्षित गरेको छ। मेमोरी चिपको मूल्यमा आएको रिबाउन्डका कारण कम्पनीले वर्षिक रूपमा ६२.५ प्रतिशतले आफ्नो ढुवानी बढाएको छ।
सामसङ डीआरएएम, एचबीएम र एनएएनडी देखि सीपीयू र जीपीयू चिप्स सम्म फैलिएको विभिन्न चिप्सको प्रमुख आपूर्तिकर्ता रहेको छ। सामसङको एचबीएम मेमोरी चिप्स (जसलाई एआई जीपीयू निर्माणमा धेरै खोजिएको छ) मा आएको अत्यधिक तात्ने समस्याका कारण फर्मले एनभिडिया जस्ता केही उच्च–प्रोफाइल ग्राहकहरूसँगको सम्झौता गुमाएको उल्लेख गरिएको छ।
रिपोर्ट अनुसार, अब उक्त समस्याहरू सच्याइएको र सामसङले पहिले नै एनभिडियाको प्रमाणीकरण प्राप्त गरिसकेको बताइएको छ जसले यस वर्ष सामसङको बिक्रीलाई अझ बढावा दिनेछ उल्लेख गरिएको छ।
त्यसबहेक सामसङलाई आफ्नो ३एनएम प्रक्रियालाई परिष्कृत गर्न केही समस्या भइरहेको बताइएको छ र यो टीएसएमसी जस्ता अन्य चिप निर्माताहरूको तुलनामा पछाडि रहेको उल्लेख गरिएको छ। त्यसैले सामसङले अर्को वर्ष बजारमा २एनएम चिपहरू ल्याउनमा आफ्नो प्रयासहरू केन्द्रित गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २७ माघ २०८१, आईतवार