पौष महिनासम्म ९४ करोड माथिको राउटर आयात

Technology Khabar २७ माघ २०८१, आईतवार

पौष महिनासम्म ९४ करोड माथिको राउटर आयात
बिग डिजिटलको शोरुममा बेच्न राखिएका बिभिन्न ब्राण्डका राउटरहरु। फाइल तस्विर

काठमाडौं ।

नेपालमा राउटरको आयात उल्लेख्य मात्रामा बढेको देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पौष महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार एक पौष मसान्तसम्ममा ९४ करोड ६८ लाख २ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ३ लाख ६६ हजार ८८० थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा १७ करोड ६० लाख ८६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १० मुलुकबाट मात्र राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ९३ करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको ३ लाख ६५ हजार ७९५ थान राउटर आयात भएको छ। यसैगरी ताइवानबाट ५८ लाख ६६ हजार बराबरको ८८१ थान, भारतबाट १३ हजा। बराबरको ८१ थान, भियतनामबाट १९ लाख ४ हजार बराबरको ६७ थान र इटलीबाट २ लाख ४२ हजार बराबरको ५० थान राउटर आयात भएको छ।

यसैगरी पोर्चुगलबाट ३ लाख ७५ हजार रुपैयाँ बराबरको २ थान तथा क्यानडा, हङकङ, मेक्सिको र कतारबाट समान १-१ राउटर आयात भएको छ जसको मूल्य शून्यदेखि २ लाख ८३ हजारसम्म रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तो छ विवरण:

क्र. सं.देशविवरण/परिमाणरकम
चीन३, ६५, ७९५९३, ८०, ९४, ०००
भारत८११३, ००
हङकङ१०००
भियतनाम६७१९, ०४, ०००
ताइवान८८१५८, ६६, ०००
पोर्चुगल३, ७५, ०००
कतार
मेक्सिको२८३
इटली५०२, ४२, ०००
१०क्यानडा२४, ०००

प्रकाशित: २७ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया