राष्ट्रिय अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त

Technology Khabar २६ माघ २०८१, शनिबार

काठमाडौं ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरी बोरिसोभको स्थानमा दिमित्री बाकानोभलाई रुसको राष्ट्रिय अन्तरिक्ष निगम (रोस्कोस्मोस)को नयाँ महानिर्देशकमा नियुक्त गरेका छन्। यसबारे क्रेमलिनले बिहीबार आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी गराएको हो।

आफ्नो यो नियुक्ति अघि ३९ वर्षीय बाकानोभले यातायात उपमन्त्रीको रूपमा काम गर्दा मानवरहित यातायात प्रणालीसहित नवीनतामा ध्यान केन्द्रित गरेका थिए।

उनले यातायात मन्त्रालयमा जानुअघि सन् २०११ देखि सन् २०१९ सम्म गोनेट उपग्रह प्रणाली कम्पनीको नेतृत्व गरेका थिए। बोरिसोभले सन् २०२२ देखि दिमित्री रोगोजिनको स्थानमा रोस्कोस्मोसको नेतृत्व गर्दै आएका थिए।

अन्तरिक्ष एजेन्सीको कार्यभार सम्हाल्नुअघि उनले प्राविधिक र प्रतिरक्षा क्षेत्रको रेखदेख गर्ने उपप्रधानमन्त्रीका रूपमा काम गरेका थिए र त्यसअघि उनले उप रक्षामन्त्रीको पद सम्हालेका थिए।-रासस/एएफपी

प्रकाशित: २६ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया