एटलस मानव रोबोटको सिकाइ सुधार्न बोस्टन डाइनामिक्स र राइ इन्स्टिच्युटबीच साझेदारी

Technology Khabar २६ माघ २०८१, शनिबार

काठमाडौं ।

बोस्टन डाइनामिक्सले बुधबार आफ्नो इलेक्ट्रिक एटलस ह्युमनोइड रोबोटको रिइन्फोर्समेन्ट लर्निङ सुधार गर्न रोबोटिक एण्ड एआई इन्स्टिच्युट (राइ इन्स्टिच्युट) सँग साझेदारी घोषणा गरेको छ।

पहिले द बोस्टन डाइनामिक्स एआई इन्स्टिच्युटका नामले चिनिने राई इन्स्टिच्युट इन्स्टिच्युट मार्क राइबर्टद्वारा स्थापना गरिएको थियो। राइबर्ट एमआईटीका पूर्व प्राध्यापक हुन् जसले ३० वर्षसम्म बोस्टन डाइनामिक्सको सीईओको रूपमा काम गरे।

२०२२ मा स्थापना गरिएको यो संस्थाले राइबर्टलाई बोस्टन डाइनामिक्सको आधारभूत अनुसन्धानलाई निरन्तरता दिन सक्षम बनाउँछ। दुवै संस्था हुण्डाईसँग सम्बन्धित छन्। कोरियन कार निर्माता हुण्डाईले २०२१ मा बोस्टन डाइनामिक्सलाई खरिद गरेको थियो।

हुण्डाईले राइ इन्स्टिच्युटलाई समेत वित्तीय सहयोग प्रदान गरेको छ जसले राइबर्टलाई व्यावसायिक कम्पनीमा सम्भव नहुने अत्याधुनिक प्रविधिको अनुसन्धान गर्न स्वतन्त्रता दिएको छ।

यो संस्थाले टोयोटा रिसर्च इन्स्टिच्युटको झल्को दिन्छ जसले गत अक्टोबरमा बोस्टन डाइनामिक्ससँग ठूलो व्यवहार मोडेल (एलबीएम) को प्रयोगमा केन्द्रित साझेदारी घोषणा गरेको थियो।

यी दुवै साझेदारी एटलस ह्युम्यानोइड रोबोटले नयाँ कार्यहरू कसरी सिक्छ भन्ने सुधार गर्नका लागि डिजाइन गरिएको टेकक्रञ्चले उल्लेख गरेको छ। राइ इन्स्टिच्युटको सम्झौता विशेष रूपमा रिइन्फोर्समेन्ट लर्निङमा केन्द्रित छ। यो विधिले परीक्षण र त्रुटि मार्फत कार्य गर्दछ, जसरी मानिस र जनावरले सिक्ने गर्छन्।

परम्परागत रूपमा रिइन्फोर्समेन्ट लर्निङसमय खर्चिलो हुने गरेको छ, तर प्रभावकारी सिमुलेशनले धेरै प्रक्रियाहरू एकैपटक भर्चुअल रूपमा सञ्चालन गर्न सम्भव बनाएको छ।

बोस्टन डाइनामिक्स र राइ इन्स्टिच्युटको साझेदारी यसै महिनाको सुरुमा म्यासाचुसेट्समा सुरु भएको हो। यो साझेदारी उनीहरूबीचको पछिल्लो सहकार्य हो, जसमा बोस्टन डाइनामिक्स को चारखुट्टे स्पट रोबोटको लागि रिइन्फोर्समेन्ट लर्निङअनुसन्धान किट विकास गर्ने प्रयास पनि समावेश छ।

नयाँ कामले सिमुलेशन-आधारित सिकाइलाई वास्तविक वातावरणमा स्थानान्तरण गर्न र एटलस रोबोटले भौतिक वातावरणमा कसरी चल्छ र अन्तर्क्रिया गर्दछ भन्ने सुधार गर्न ध्यान केन्द्रित गरेको छ।

यस सम्बन्धमा बोस्टन डाइनामिक्सले “गतिको साथ दौडने र भारी वस्तुहरूको सम्पूर्ण शरीरको हेरफेर” लाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ। यी क्रियाहरूले खुट्टा र हातहरूको समन्वय आवश्यक पार्छ।

एटलसको दुई खुट्टे संरचनाले स्पटसँग तुलना गर्दा केही विशेष चुनौती र अवसर प्रदान गर्दछ। प्रत्येक गतिविधिमा सन्तुलन, बल, प्रतिरोध र गति जस्ता शक्तिहरूको व्यापक दायरा समावेश हुन्छ।

प्रकाशित: २६ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया