
काठमाडौं ।
तरबारले केक काटेर सामाजिक सञ्जालमा राखी सर्वसाधारणमा त्रास र आतंक फैलाएको आधारमा प्रहरीले ७ जनालाई पक्राऊ गरेको छ।
पक्राऊ पर्नेमा रोमन आलेसहित अन्य ६ जना रहेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जनाएका छन्।
‘विभिन्न मितिमा तरवार/खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी १० / १५ जनाको समूहमा टिकटक लगायतको सामाजिक सञ्जालमा केक काट्ने बहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारण जनमानसमा डर त्रास सृजना गरी आतंकित बनाउने कार्यमा संलग्न रोमन आले समेत ७ जनालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२३ गते काठमाण्डौको विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको छ’, अपराध अनुसन्धान कार्यालयले उल्लेख गरेको छ।
पक्राऊ परेकाहरुको विवरण:
| क्र. सं. | नाम | ठेगाना | उमेर (वर्ष) |
| १ | रोमन आले | धाडिङ, गल्छी गा.पा. वडा नं. ०१ हाल : का.जि.का.म.न.पा.वडा नं. २६ पवित्रनगर | २१ |
| २ | सुमन पराजुली | गोरखा, आरूघाट गा.पा०७. वडा नं. हाल :का.जि.का.म.न.पा.वडा नं. २६ पवित्रनगर | २७ |
| ३ | मनोहर थापा मगर | तनहुँ, भानु न.पा.वडा नं.०७ हाल : का.जि.का.म.न.पा.वडा नं. २६ पवित्रनगर | ३६ |
| ४ | रोशन तामाङ | काभ्रे, रोशी पा. वडा नं. ०७ हाल : जि.भक्तपुर, सुर्यविनायक | २६ |
| ५ | पदम बहादुर मगर | गोरखा, आरूघाट गा.पा. वडा नं. ०६ हाल : का.जि.का.म.न.पा.वडा नं. २६ पवित्रनगर | २९ |
| ६ | गोपाल मोक्तान | दोलखा, बैतेश्वर गा.पा. वडा नं. ०३ हाल : का.जि.का.म.न.पा.वडा नं.०७ सुकेधारा | ३९ |
| ७ | गुण बहादुर गुरूङ | तनहुँ, भानु न.पा.वडा नं. ११ हाल : का.जि.का.म.न.पा.वडा नं. २६ पवित्रनगर | ३९ |
प्रकाशित: २५ माघ २०८१, शुक्रबार