सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राऊ

Technology Khabar २५ माघ २०८१, शुक्रबार

सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा उदयपुर जिल्लाको लिम्चुङ्बुङ गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भएको वर्ष ३१ को विश्वराज राई रहेका छन्।

‘पीडित युवतीसँग सम्बन्धमा रहँदा पीडकले मेरो जानकारी र सहमति बिना खिचेर राखेका अश्लील भिडियो तथा तस्विरहरू मेरो आफन्तहरूको सामाजिक सञ्जाल (म्यासेन्जर) मा पठाई चरित्र हत्या गरेकोले पीडित युवतीले आवश्यक कारबाही गरी पाउँ भनि दिएको निवेदनका आधारमा राईलाई पक्राऊ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिए।

युवतीको निवेदन सम्बन्धमा प्राविधिक विश्लेषण सहितको अनुसन्धान गर्ने क्रममा उक्त कार्य गरेको खुल्न आएकाले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति गत माघ २४ बिहीबार जिल्ला प्रहरी कार्यालय, सिरहाको सहयोगमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट दिन चार (४) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: २५ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया