अष्ट्रेलियाको सरकारी प्रणाली र उपकरणहरूमा डीपसिकलाई प्रतिबन्ध 

Technology Khabar २५ माघ २०८१, शुक्रबार

काठमाडौं ।

अष्ट्रेलियाले सबै सरकारी प्रणाली र उपकरणहरूबाट डीपसिक एआई सेवाहरूमा प्रतिबन्ध लगाएको छ।

यो वर्ष सिलिकन भ्याली र विश्व बजारलाई हल्लाउने चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअपविरुद्ध प्रत्यक्ष कारबाही गर्ने अष्ट्रेलिया पहिलो देश बनेको छ।

गृह मामिला मन्त्री टोनी बर्कले मंगलबार एक विज्ञप्तिमा सबै डीपसिक प्रोडक्टहरू, एप्लिकेसनहरू र सेवाहरू राष्ट्रिय सुरक्षाका कारण सरकारी प्रणालीबाट हटाएर तत्काल प्रभावमा ल्याइने बताए।

देशका खुफिया एजेन्सीहरूद्वारा गरिएको खतरा मूल्याङ्कनले प्रविधिले अस्वीकार्य जोखिम खडा गरेको फेला पारेको उनले बताए।

२० महिना अघि मात्र हाङझाउमा स्थापना भएको डीपसिकको टेक्नोलोजीले जनवरी महिनामा यसको एआई च्याटबोटको विशेषता रहेको नयाँ मोबाइल एपको साथ तरंगहरू ल्याएको र यसले हार्डवेयरमा ठूलो लगानी बिना हाई–इण्ड एआई विकास गर्न सकिन्छ भन्ने सुझाव दिएको उल्लेख गरिएको छ।

यो कारबाही निजी नागरिकहरूको व्यक्तिगत उपकरणहरूमा भने विस्तार नगरिने उल्लेख गरिएको छ।

यद्यपि, अष्ट्रेलियालीहरूले “सरकारले सरकारी फोनमा सुरक्षित नभएको भनि निर्णय गरेको तथ्यमा केही पढ्न सक्छन्” भनि रोजगार र कार्यस्थल सम्बन्ध मन्त्री मरे वाटले बताएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २५ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया