Technology Khabar २४ माघ २०८१, बिहीबार
काठमाडौं ।
सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भई सोही स्थान बस्ने २१ वर्षीय रवि सिंह रसैली रहेका छन्।
‘पीडित युवतीसँग सम्बन्धमा रहँदा पीडकले मेरो जानकारी र सहमति बिना खिचेर राखेका अश्लील भिडियो तथा तस्विरहरू मेरो आफन्तहरूको सामाजिक सञ्जाल (म्यासेन्जर) मा पठाई चरित्र हत्या गरेकोले पीडित युवतीले आवश्यक कारबाही गरी पाउँ भनि दिएको निवेदनका आधारमा रसैलीलाई पक्राऊ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिए।
युवतीको निवेदन सम्बन्धमा प्राविधिक विश्लेषण सहितको अनुसन्धान गर्ने क्रममा उक्त कार्य गरेको खुल्न आएङ्काले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति गत माघ २३ बुधबार वडा प्रहरी कार्यालय, लमही दाङको सहयोगमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट दिन चार (४) म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।
प्रकाशित: २४ माघ २०८१, बिहीबार