सुरक्षित इन्टरनेट दिवस २०२५ का लागि नेपाल दूरसञ्चार प्राधिकरणद्वारा २ मिनेटको भिडियो सामग्री आह्वान

  • Technology Khabar | २४ माघ २०८१, बिहीबार
सुरक्षित इन्टरनेट दिवस २०२५ का लागि नेपाल दूरसञ्चार प्राधिकरणद्वारा २ मिनेटको भिडियो सामग्री आह्वान

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित इन्टरनेट दिवस २०२५ मनाउने सन्दर्भमा नेपालमा अनलाइन सुरक्षासँग सम्बन्धित पहलहरुको भिडियो (श्रव्यदृश्य) सामग्रीहरु पठाउन आह्वान गरेको छ।

प्राधिकरणले यस प्रकारका सामग्रीहरु संकलन तथा सम्पादन गरी साझा भिडियो सामग्री प्रकाशन गर्न लागेको हुँदा नेपालमा विभिन्न सरोकारवाला संस्थाहरुबाट हालसम्म सञ्चालन भएका बाल अनलाइन सुरक्षा, अनलाइन सुरक्षा, साइबर सुरक्षा तथा सुरक्षित इन्टरनेट दिवस लगायतसँग सम्बन्धित सिपमूलक कार्यक्रमहरू, सचेतनामूलक गतिविधिहरू तथा अनलाइन सुरक्षा प्रवर्द्धनका गर्नका लागि लिइएका पहलकदमीहरू सम्बन्धी संक्षिप्त भिडियो सामग्रीहरु आह्वान गरिएको हो।

‘यी भिडियो सामग्रीहरु दुई मिनेटसम्मको भिडियो वा लिंक २०८१ माघ २६ गते भित्र यस प्राधिकरणको इमेल ठेगाना [email protected] वा [email protected] मा उपलब्ध गराई दिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ’, सूचनामा उल्लेख छ।

प्राधिकरणका अनुसार भिडियो सामग्रीको समय अव २ मिनेटसम्मको तथा
भिडियो फर्म्याटः MP4, AVI वा अन्य उच्च गुणस्तरयुक्त डिजिटल प्रारूप हुनुपर्ने साथै नेपाली वा अंग्रेजी भाषामध्ये कुनै एकमा हुनुपर्नेछ।

प्रकाशित: २४ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...