सन् २०२४ को सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सूचीमा एप्पलको वर्चस्व, आईफोन १५ लोकप्रिय

Technology Khabar २३ माघ २०८१, बुधबार

काठमाडौं ।

सन् २०२४ मा एप्पलले विश्वव्यापी स्मार्टफोन ढुवानीमा प्रभुत्व जमाएको र कम्पनीका लागि उक्त वर्ष अर्को कोशेढुङ्गा सावित भएको छ।

भर्खरको क्यानालिसको बिक्री अनुमानहरू अनुसार सन् २०२४ मा सबैभन्दा धेरै ढुवानी गरिएका फोनहरू मध्ये शीर्ष–दस भित्र एप्पलको सातओटा फोनहरू परेको र आईफोन १५ ले अग्रणी डिभाइसको रूपमा प्रमाणित हुन सफल भएको छ।

त्यसैगरी ग्यालेक्सी ए१५, ए१५ फाइभजी र एस२४ अल्ट्राको साथमा सामसङ शीर्ष दसको चार्टमा समावेश हुन सफल भएका छन्।

आईफोन १५ ले सन् २०२४ मा १.२२ बिलियन स्मार्टफोनहरूको ढुवानीको साथमा अनुमानित ३ प्रतिशत कमाएको उल्लेख छ। उक्त संख्याको आधारमा, एप्पलले गत वर्ष आफ्नो अघिल्लो–जेन बेस (आधार) आईफोनको ३६.६ मिलियन इकाइहरू ढुवानी गरेको थियो। आईफोन १६ प्रो म्याक्स र १५ प्रो म्याक्स सन् २०२४ को दोस्रो र तेस्रो सबैभन्दा धेरै ढुवानी गरिएका फोनहरू भएका छन्।

त्यसैगरी ग्यालेक्सी ए१५ चौथो स्थानमा रहेको र त्यसलाई आइफोन १६ प्रो, आईफोन १५ प्रो र आईफोन १६ ले पछ्याएको उल्लेख गरिएको छ भने योसँगै सामसङ शीर्ष पाँच वरीयतामा छिर्न सफल भएको बताइएको छ। ग्यालेक्सी ए१५ फाइभजी आठौं स्थानमा रहेको छ भने एस२४ अल्ट्रा नवौं स्थानमा आएको उल्लेख गरिएको छ।

शीर्ष दसको अन्तिम स्थानमा भने तीन वर्ष पुरानो आईफोन १३ र्न सफल भएको छ जसले कुल विश्वव्यापी स्मार्टफोन ढुवानीको १.५ प्रतिशत ओगटेको वा १८.३ मिलियन इकाइहरू ढुवानी गरिएको छ।

प्रकाशित: २३ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया