सामाजिक सञ्जाल प्लेटफर्महरु दर्ता हुन नआए प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी

Technology Khabar २३ माघ २०८१, बुधबार

सामाजिक सञ्जाल प्लेटफर्महरु दर्ता हुन नआए प्रतिबन्ध लगाउने सञ्चारमन्त्रीको चेतावनी
सञ्चार मन्त्री गुरुङ्ग। फाइल तस्बिर।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्‍जाल प्लेटफर्महरु नेपालमा दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन्।

एक कार्यक्रममा बोल्‍दै सञ्‍चारमन्त्री गुरूङले नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल चल्न नदिईने चेतावनी दिएका हुन्।

उनले हाल टिकटक मात्र दर्ता भएको भन्दै दर्ता नभएका अन्य सामाजिक सञ्जाललाई बन्द गर्ने बताए। कानुनअनुसार सबै चल्न पर्छ भन्ने मान्यता राख्ने बताए।

“हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै हो,” उनले भने, “मेटालाई हामीले बोलाइरहेका छौँ, आउँछ की आउँदैन हेर्न बाँकी छ। आएन भने नेपालमा चल्न दिन्नौं।”

उनले अहिले एआईको अझ दूरुपयोग गरेर बदमासी गरेरहेको हुन्छ। तर हामीले कारबाहि गर्न सकेका छैनौं।

मेटालाई फेसबुक, ह्वाट्सएप, मेसेन्जर लगायतमार्फत विभिन्न संस्थागत सामाजिक कार्य गर्न भन्न सकिने बताए। उनीहरुले नेपालमा आएर पैसा कमाउने तर सहयोग नगर्ने भन्न नहुने बताए।

“हामीले सार्वजनिक आव्हान गरेका छौं। जो जो आउँदैन त्यो खारेज हुन्छ, चल्न प्रतिबन्ध हुन्छ। जो आउँछ सहयोग हुन्छ,” उनले भने,”यो क्षेत्र अराजकताको क्षेत्र होईन, कानूनको क्षेत्र हो, सुशासनको क्षेत्र हो।”

मन्त्री गुरुङले सामाजिक सञ्जालहरुले नेपाल सरकारलाई सहयोग गर्नुपर्ने र नेपालको प्रबर्द्धन गर्नुपर्ने जिकिर गरे।

प्रकाशित: २३ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया